२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
साताकाे चर्चित !

कांग्रेस अधिवेशनमा बागीले नै रामहरि खतिवडाको नाम लिएपछि….

  • २०७८ आश्विन १२, मंगलबार मा प्रकाशित २ साल अघि
  • शनिबार सम्पन्न नेपाली काँग्रेसको पालिका अधिवेशन अन्तर्गत ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाको अधिवेशन दुई दिन लम्बियो । अधिवेशनको उद्घाटन सत्र सकिए लगत्तै केही विवादित र रोचक घटना भए ।

    जब उद्घाटन सत्र सकियो, तब क्रियाशील सदस्य काटिएर क्षेत्रीय प्रतिनिधिको रुपमा अधिवेशनमा सहभागी हुन नपाएका ज्ञानेन्द्र रुम्दालीले मञ्चमै आफ्ना कुरा राखे । उनले यदि पार्टी केन्द्रले पठाएको क्रियाशील सदस्य जिल्लाले कटौति गर्ने र वैधानिक रुपले क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको प्रमाण अस्वीकार गर्ने हो भने निर्वाचित भएको प्रमाणपत्र जिल्ला पार्टीकै नेतृत्वले च्यातेर फाल्नुपर्ने बताए ।

    उनको असन्तुष्टि सहितका अभिव्यक्ति सकिएपछि रामजी बास्तोलाले आफ्नो कुरा राखे । उनले कुराको शुरुमै काँग्रेसका जिम्मेवार नेताबाटै आर्थिक सहयोग उपलब्ध भएपछि आफूहरु बागी उम्मेद्वार सहित अघिल्लो चुनावमा उठेको बताए । केही छिनपछि उनले आक्रोशित हुँदै पूर्व सांसद रामहरि खतिवडाकै नाम लिएर उनकै सहयोगमा चुनाव लडेको बताए । कारवाही हुने भए सबैमाथि कारवाही हुनुपर्ने भन्दै वास्तोलाले खतिवडाप्रति लक्षित गरेका थिए ।

    उनले थप बोल्ने अनुमान पाएपछि सँगै रहेका खतिवडाले थप नबोल्न संकेत गर्दै यस विषयमा आफैले स्पष्ट पार्ने आश्वासन दिए । तर नेता खतिवडाले त्यस विषयमा बोलेनन् । विवादलाई मत्थर पार्न उनले रुम्दाली र बास्तोलाको क्रियाशील सदस्य कटौति नभएको पत्र केन्द्रबाट उपलब्ध गराउन पहल गर्ने आश्वासन दिएर केही बेर अल्मल्याए । यसो गर्दागर्दै साँझ पर्न थालिसकेको थियो ।

    केही छिनपछि उनले आक्रोशित हुँदै पूर्व सांसद रामहरि खतिवडाकै नाम लिएर उनकै सहयोगमा चुनाव लडेको बताए । कारवाही हुने भए सबैमाथि कारवाही हुनुपर्ने भन्दै वास्तोलाले खतिवडाप्रति लक्षित गरेका थिए ।

    अधिवेशनका लागि जिल्लामा नियुक्त गरि खटिएका निर्वाचन अधिकृतले कारबाहीको सूचीमा परेका तीन जना क्रियाशील सदस्यको हकमा एक फैसला लेखेका थिए । सोही फैसलाको पत्र मानेभन्ज्याङको निर्वाचन अधिकृत रामबहादुर राईको हातमा परेपछि मनोनयन दर्ता प्रक्रिया अघि बढ्यो ।

    सो प्रक्रिया अघि बढिसकेपछि पनि सभापतिको उम्मेद्वारहरु बिचको सहमतिका बुँदामा छलफल नसकिएपछि शनिबार बेलुकी आठ बजे अधिवेशन स्थगित भयो । आईतबार अधिवेशनले पूणर्ता पाएको हो ।

    यस घटनाबाट का“ग्रेसका प्रभावशाली नेता रामहरि खतिवडालाई राजनीतिक रुपमा संकटमा परेको पार्टीभित्रकै नेताहरुको विश्लेषण छ । उनकै पहलमा कारवाहीमा परेकाहरुको नामावली केन्द्रबाट प्राप्त भएको आरोप छ । जिल्लामा कारबाहीमा परेकाहरुको सूची कसरी प्राप्त भयो, भन्दै उजुरी दिने व्यक्ति समेत खतिवडा निकटकै नेता छन् ।

    यो घटनामा शुरुदेखि अन्तिम सम्म नेता खतिवडाको नाम जोडिएकोले का“ग्रेस जिल्ला सभापति प्रदीप सुनुवारसँगको दुरी समेत बढेको अनुमान गरिएको छ । खतिवडा भने आफूहरु एउटै (देउवा) गुटको भनेर चिनाउने गर्छन् । यी घटनाका बाबजुद मानेभञ्ज्याङमा सहमतिमै नेतृत्व चयन भएको छ । शनिबार अपराह्नसम्म तीन स्थानीय तहमा निर्वाचन र तीनमा सहमतिमै नेतृत्व चयन भएपछि खतिवडा आफ्नो पालिकामा सहमति गराउनु पर्ने दवावमा थिए । उनकै पहलमा मानेभञ्याङमा सहमति भएको हो ।

    शनिबार कारवाहीमा परेका नेताहरुको सार्वजनिक भाषणबारे खतिवडाले भने शत प्रतिशत झुट भनेका छन् । उनले नेताहरुले त्यस्तो नबोलेको तर, प्रदेश सभाका उम्मेदवारलाई असहयोग गरे पनि संघमा भने सहयोग गरेकाे, रामहरिले आफुहरुलाई वेवास्ता गरेको मात्र भनेको दावी गरे । यद्यपी वास्तोलाको भाषणको अडियो भिडियो नागरिक मिडियालाई प्राप्त भएको छ ।

    नेता खतिवडाले भने त्यस्तो केही नभनेको भन्दै उनीहरुले सभापति प्रदिप सुनुवारले नै टिकट बेचेर क्षेत्र नं. २ मा आएको भनेर आरोप लगाएको बताएका छन्।

    यसबारे नेता खतिवडाले दिएको प्रतिक्रिया जस्ताको जस्तै यस्तो छ:

    उहाँहरुको भनाइ के थियो भने हामीले कुरा राख्न पाउनुपर्छ भनेर आक्रोश । एउटा, सभापतिले माथि टिकट बेच्यो एक नंम्बर क्षेत्रमा र यता आयो , हाम्रो त्यसमा विरोध हो भन्नु भो उहाँहरुले । दोस्रो, उहाँहरुले के भन्नुभयो भने त्यही विरोध गरेकाले हाम्रो नाउँ आएन भन्नु भो । बुथ प्रतिनिधी हामी आएका थियौं, त्यो बुथ प्रतिनिधीको प्रमाणपत्र कि त जलाउनु पर्यो, कि त हाम्रो भोटिङ राइट हुनु पर्यो भन्ने उहाँहरुको माग हो । अब केन्द्रको निर्वाचन समितिले नै यो हुँदैन भनेपछि संभावना छैन भनेर हामीले भन्यौं, अनि यहाँबाट कारवाही गरेको र निर्वाचन समितिको पत्र ल्याएर टाँसेपछि त्यो समस्या समाधान भो ।

    त्यस्तो केही कसैले कसैको बारेमा केही बाेलेकाे थिएन । त्यो गलत हो, त्यस्तो केही भन्दा पनि भनेनन् बरु रामहरिप्रतिको सद्भाव थियो भने  ।भोट हामीले माथि हालेका हौं, रामहरिले देखेन । तल नहालेको , हराएकै हो तल । माथिको हकमा हामीले हालेको हो, रामहरिले देखेन यो कुरा भने । मलाई तँ नै भनेर भने । अरु त्यस्ताे केही हाेइन ।

    प्रतिक्रिया दिनुहोस