२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024

प्रदेशसभा ‘ख’ को सभापतिमा आश्रचन राईको उम्मेद्वारी घोषणा

  • २०७८ आश्विन १७, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– नेपाली काँग्रेस ओखलढुंगाको प्रदेशसभा ‘ख’ को सभापतिमा आश्रचन राईले उम्मेद्वारी घोषणा गरेका छन् । हाल नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य रहेका राईले प्रदेशसभा सभापतिको उम्मेद्वारी घोषणा गरेका हुन् ।
    मानेभन्ज्याङ गाउँपालिका ६, सोक्माटारका स्थायी बासिन्दा राई पूर्व शिक्षक हुन् । उनी शिक्षण पेशा छोडेर राजनीतिमा लागेका हुन् । वि.सं. २०४६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर कांग्रेसको राजनीतिमा प्रवेश गरेका थिए । उनलाई तत्कालीन अवस्थामा रामहरि खतिवडाले नेवि संघको सदस्यता दिएका थिए ।
    काँग्रेस भएकै कारण माओवादी शसस्त्र द्वन्द्धको बेला १६ दिन सम्म श्रम शिविरमा बसेका राई संस्थापन पक्षका उम्मेद्वार हुन् । पौडेल–कोइराला पक्षको तर्फबाट भने को उम्मेद्वार भन्ने हाल सम्म घोषणा गरिएको छैन ।

    प्रतिक्रिया दिनुहोस