२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024

प्रहरीले मनायो ६६ औं स्थापना दिवस

  • २०७८ आश्विन २०, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– नेपाल प्रहरीले बुधबार स्थापनाको ६६ औं स्थापना दिवस मनाएको छ । प्रहरीले देशभरिका आफ्ना कार्यालयमा विविध कार्यक्रम गरेर प्रहरी दिवस मनाएको हो । यसैबिच जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पनि औपचारिक कार्यक्रम सम्पन्न गरेको छ ।
    दिवसको अवसर पारेर प्रहरीले केही दिनअघि देखि ब्याडमिन्टन, भलिबल, फुटबल लगायतको कार्यक्रम आयोजना गरेको थियो । सो प्रतियोगिताका विजयीलाई पुरस्कार, प्रमाणपत्र साथै ट्रफि बुधबार आयोजित कार्यक्रममा प्रदान गरिएको छ । त्यसैगरि प्रहरी चौकीलाई निशुल्क जग्गा दिने जग्गा दाता, सहयोग गर्ने निकाय लगायतलाई प्रशंसापत्र प्रदान गरेको छ ।

    प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आयोजना गरेको कार्यक्रममा द्वन्द्धकालको बेला ज्यान गुमाएका प्रहरी परिवारका सदस्य सहिद स्मारकमा फूल चढाउँदै ।

    सोही कार्यक्रममा प्रहरी सेवामा रहँदा ज्यान गुमाएका परिवारका सदस्यलाई सम्मान गरियो । कार्यक्रमका अतिथि जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठ, अतिथिहरु सिद्धिचरण नगरपालिाकाका मेयर मोहनकमार श्रेष्ठ र प्रमूख जिल्ला अधिकारी बन्दना राईले शुभकामना मन्तव्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस