२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024
पर्यटकीय गाउँमा फुटसल

बाल सराेकारकाे फुटसल प्रतियाेगितामा १६ टिम सहभागी

पूर्व राष्ट्रिय भलिवल खेलाडी तथा नेकपा एसका जिल्ला अध्यक्ष वाग्लेद्वारा उद्घाटन

  • २०७८ आश्विन २२, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिका ६, ठाडेस्थित बाल सरोकार समुहले आयाेजना गरेकाे फुटसल प्रतियाेगिता शुरु भएकाे छ । पर्यटकीय गाउँमा शूरु भएकाे प्रतियाेगितामा १६ टिम सहभागी छन् ।

    समुहले विजयादशमी तथा दिपावलीको अवसरमा फुटसल प्रतियोगिता आयोजना गरेको हो ।  नक आउट चरणका खेलमा ३ समुह खेलबाट बाहिरिएका छन् । पहिलाे दिन भएकाे खेलमा सर्सेपु र असिने, ठाडे र पत्ताले तथा ठाडे ए र नेचा सल्यान बीच खेल भएकाे थियाे ।

    पहिलाे दिनकाे खेलमा सर्सेपु , ठाडे र नेचा सल्यानले विजयी शुरुवात् गरेका छन् । ३ दिनसम्म चल्ने खेलकाे दाेस्राे दिन शनिबार ७ बजेबाट शुरु हुने आयाेजकले जनाएकाे छ ।

    खेलकाे उद्घाटन पूर्व राष्ट्रिय भलिवल खेलाडी तथा नेकपा एसका जिल्ला अध्यक्ष हंशराज वाग्लेले गरेका थिए । वाग्लेले खेल क्षेत्रकाे विकासका लागि खेलाडीहरुकाे सीप विकासका लागि बन्द प्रशिक्षण गराउने प्रतिबद्धता जनाए । खेलाडिहरुलाई फुटबल समेत हस्तान्तरण गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस