२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

नेकपा एसका जिल्ला अध्यक्ष वाग्लेद्वारा नीजि लगानीमा बाटाे मर्मत

  • २०७८ आश्विन २६, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष तथा समाजसेवी ह‌ंशराज वाग्लेले निजी लगानीमा आफ्नाे गाउँ जाने बाटाे मर्मत गरेका छन् । उनकाे घर  सिद्विचरण ९ ज्यामिरेमा पर्छ ।

    उनले  सदरमुकामबाट गाउँ जाने बाटाे बर्षादका कारण भत्किए पनि वडा तथा नगरपालिकाका मरम्त नगरेपछि निजी लगानीमा मर्मत गरेकाे नेकपा एस का जिल्ला उपाध्यक्ष मेखबहादुर खड्काले बताए ।

    सिमलडाडाबाट ज्यामिरे-खोदम्पा-बरभन्ज्याङ -तिनकुने र कामिचौतारा -गहते हुँदै लोकिल भन्ज्याङ सम्मको सडक मर्मत सुधार गर्ने काम भएकाे हाे । पूर्व राष्ट्रिय भलिवल खेलाडी तथा वैदेशिक राेजगार व्यवसायी संघकाे अध्यक्ष रहिसकेका वाग्ले नेकपाकाे माधव प्रचण्ड समुहहुँदै एकिकृत समाजवादीकाे अध्यक्ष भएका छन्।

    प्रतिक्रिया दिनुहोस