२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

कांग्रेस महाधिवेशन: दुवै क्षेत्र संस्थापनकाे प्यानल विजयी, जिल्लामा के प्रभाव पार्छ ?

  • २०७८ मंसिर ६, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेपाली कांग्रेसकाे १४ औं महाधिवशेन अन्तर्गत आइतबार भएकाे निर्वाचनमा शेरबहादुर देउवा पक्षीय उम्मेदवारहरुकाे प्यानलै निर्वाचित भएकाे छ । देउवा समर्थित समुहकाे जिल्ला समापतिका उम्मेद्वार तेजेन्द्र खनाल समुहका उम्मेदवारहरुकाे प्यानलै निर्वाचित भएकाे हाे ।

    खनाल समुहकाे क्षेत्रीय समितिका पदाधिकारी तथा प्रदेश प्रतिनिधी निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र १ क मा सन्ताेषबाबु थापाकाे प्यानलै बिजयी भएकाे छ । उनका प्रतिद्वद्वि हाेमबहादुर कार्की थिए । थापाले खसेकाे १३ सय ५८ मतमध्ये  ३ सय ६९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी पुराना नेता होमबहादुर कार्कीले २ सय ७७ मत मात्रै ल्याएका थिए ।

    उप–सभापतिमा कृष्णप्रसाद कोईराला ४ सय १ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी केशर बहादुर गुरुङले ३ सय ८८ मत ल्याए । सचिवमा उमंग श्रेष्ठ ३ सय ९० र ऋषिकुमार चौलागाईले ३ सय ६६ मत ल्याएर विजयी भएका छन् । सह सचिवमा दोर्ची शेर्पा ३ सय ८४ मत र पुष्कर थापा ३ सय ५९ मत ल्याएर विजयी भएका छन् ।

    प्रदेश निर्वाचन क्षेत्र क मा देउवा पक्ष तेजेन्द्र खनाल प्यानलका सबै उमेदवार विजयी भएका छन् । बालकृष्ण दाहाल प्यानलका सबै उमेदवार पराजित भएका छन् ।

    क्षेत्र क मा निर्वाचित उम्मेदवार ।

    निर्वाचन क्षेत्र ख मा ६ सय ६७ मत खसेकोमा ४३ मत बदर भएको थियो । यो क्षेत्रमा ३ सय ३४ मत ल्याएर आश्राचन राई विजयी भएका छन् । उनका प्रतिस्पर्धी कुलबहादुर श्रेष्ठले २ सय ९१ मत ल्याएका थिए ।

    उपसभापतिमा ४ सय २ मत ल्याएर विष्णुकुमार कार्की र ३ सय ६० मत ल्याएर रुद्रप्रसाद घिमिरे विजयी भएका छन् । सचिवमा कल्याण राई ३ सय ७८ मत र केशर बहादुर तामाङ ३ सय ५६ मत ल्याएर विजयी भएका छन् ।

    सह सचिवमा नरध्वज खड्का ३ सय २५ मत र नविनकुमार खड्का ३ सय ७६ मत ल्याएर विजयी भएका छन् ।  बालकृष्ण दाहाल पक्षका २ जना प्रदेश प्रतिनिधिका उमेद्वार मात्रै विजयी भएका छन् । याे पक्षका विन्दा बाेगटी र गाेविन्द गिरी मात्रै निर्वाचित भए । याे समुहलाई वतर्मान जिल्ला सभापति प्रदिपकुमार सनुवारकाे समर्थन छ ।

    क्षेत्र ख काे मत परिणाम

    क्षेत्रकाे परिणामले जिल्लामा प्रभाव

    क्षेत्रीय समितिकाे मत परिमाणले जिल्लाकाे म‌ंगलबार हुने निर्वाचनमा समेत प्रभाव पार्ने अनुमान छ । दुई कार्यकाल सभापति चलाएका, पार्टी कार्यालय भवन निर्माण गरेर सफल नेतृत्वकाे पहिचान बनाएका प्रदिप सुनुवारकाे समर्थन रहेकाले संस्थापन पक्ष निकै बलियाे देखिएकाे छ ।  उनले वर्तमान जिल्ला उपसभापति तेजेन्द्र खनालकाे नेतृत्वमा प्यानलै उम्मेदवार बनाएका छन् ।

    काेइराला पाैडेल समुहका उम्मेदवारका हिसाबले निकै पुराना र राजनीतिक रुपमा स्थापित नेता बालकृष्ण दाहाल हेभी वेट मानिएका छन् । उनी यस अघि सुनुवारसँगै पराजित भएका थिए । प्रदेशमा भएकाे मतदानमा अधिका‌श भाेट प्यानलै परेकाे देखिएकाले जिल्लामा हुने मतदान पनि प्रतिनिधीहरुले प्यानल हेरेमा खनालकाे पक्षमा पल्लाभारि हुन सक्ने नेताहरु बताउँछन् ।

    मतदाताले उम्मेदवार हेरर मतदान गरेमा कांग्रेसकाे भावी नेतृत्वमा काे काे निर्वाचित हुन्छन् अनुमान गर्न कठिन छ ।

    जिल्लामा मनाेनयन हुँदै 

    जिल्ला नेतृत्वका लागि मनाेनय शुरु भएकाे छ । मंगलबार हुने मतदानका लागि मनाेनयन शुरु भएकाे हाे । जिल्लामा पनि स‌ंस्थापन र काेइराला पाैडेल समुहकाे प्यानलै उम्मेद्वारी दर्ता गर्ने तयारी छ । आजै साँझसम्म जिल्ला समिति तथा महाधिवेशन प्रतिनिधीकाे मनाेनयन तथा अन्तिम नामावली प्रकाशन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस