२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

सोलुखुम्बु काँग्रेसको सभापति पदमा पुनः निर्वाचन हुने

  • २०७८ मंसिर ७, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– नेपाली काँग्रेस सोलुखुम्बुको सभापति पदमा पुनः निर्वाचन हुने भएको छ । तीनजना सभापतिको उम्मेद्वार रहेकोमा बढी मत ल्याउने उम्मेद्वारद्वय बिनोद बस्नेत र नाम्ग्याल जाङबु शेर्पा बिच पुनः निर्वाचन हुने भएको हो । का“ग्रेसको विधान अनुसार दुईभन्दा बढी सभापति पदको उम्मेद्वार भएपछि त्यसमध्येको सबैभन्दा बढी ल्याउने उम्मेद्वार बिचमा पुनः निर्वाचन हुने भएको हो ।

    सभापति पदमा रामचन्द्र पौडेल समूहबाट बिनोद बस्नेत उम्मेद्वार थिए । उनले ४ सय २८ मत ल्याए । बस्नेत काँग्रेस सोलुखुम्बुका वर्तमान सभापति समेत हुन् । त्यसैगरि देउवा समूहबाट उम्मेद्वार बनेका नाम्ग्याल जाङबु शेर्पाले ४ सय १८ मत ल्याए । देउवा समूहबाटै बागी उम्मेद्वार बनेका रामबहादुर बस्नेतले ५ मत ल्याए ।
    जम्मा ९ सय २४ मध्ये ८ सय ८२ मत खसेको थियो । त्यसमध्ये विनोद बस्नेतको ९ मत बदर भयो । नाम्ग्याल जाङबुको २७ मत बदर देखिएको छ । सभापतिका उम्मेद्वार नाम्ग्याल जाङबु शेर्पा सोलुदुधकुण्ड नगरपालिकाका मेयर समेत हुन् । उनले मत परिणाम आईतबार आएपनि तत्काल निर्वाचन गर्नुपर्नेमा बिनोद बस्नेतले निर्वाचन गराउनुको सट्टा सम्पर्कमा नआएको बताए ।

    बिनोद बस्नेतले भने सभापति पदको पुनः निर्वाचनको मिति मंगलबार टुंगो लगाइने बताए । जिल्ला कार्यसमितिका पदाधिकारी र महाधिवेशन प्रतिनिधिमा भने मिश्रित परिणाम आएको छ ।

    सोलुखुम्बु काँग्रेसको प्रदेशसभा क्षेत्रमा भने ‘ख’ मा देउवा समूहका कर्मा शेर्पा विजयी भए । प्रदेशसभा क्षेत्र ‘क’ मा रामचन्द्र पौडेल पक्षका धनजन राई विजयी भएका छन् ।
    सभापतिको पदमा पुन निर्वाचन हुने उम्मेद्वारको तस्बीर पनि छ ।

    प्रतिक्रिया दिनुहोस