२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

ओखलढुंगा काँग्रेसको सभापतिमा तेजेन्द्र खनाल

  • २०७८ मंसिर ९, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– नेपाली काँग्रेस ओखलढुंगाको सभापतिमा तेजेन्द्र खनाल विजयी भएका छन् । उनी संस्थापन पक्षका उम्मेद्वार हुन् । कोइराला–पौडेल समूहका बालकृष्ण दाहाललाई पराजित गर्दै खनाल विजयी भए । खनालले ७ सय १ मत ल्याए भने उनका प्रतिद्वन्द्धी दाहालले ६ सय ११ मत ल्याए ।

    त्यसैगरि उपसभापतिमा कमल तामाङ र नवराज केसी निर्वाचित भए । सचिवमा अजय लुईंटेल र राजकुमार ढुंगाना निर्वाचित भएका छन् । सहसचिवमा उज्जन बुढाथोकी र भोजकुमार श्रेष्ठ निर्वाचित भए । जिल्ला कार्यसमितिमा बहूमत पदाधिकारी संस्थापन पक्षकै उम्मेद्वार निर्वाचित भएका छन् ।

    जम्मा १ हजार ४ सय ४३ क्षेत्रीय प्रतिनिधि रहेकोमा १ हजार ३ सय ५३ मत खसेको थियो ।

    हेर्नुस पदाधिकारीमा को को निर्वाचित भए

     

    प्रतिक्रिया दिनुहोस