२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

मेघराजको ‘मनको चोखो माया’ – (भिडियाे सहित)

  • २०७८ पौष ५, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा — मेघराज राईको पहिलो गीत ‘मनको चोखो माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो ‘द नेसैन्स फ्ल्यांक्स’ले आफ्नै युट्यूब च्यानलबाट सोमबार सार्वजनिक गरेको हो । म्युजिक भिडियोको निर्देशन अनिल सुब्बाले  गरेका छन् ।

    यस गीतको संगीतकार महेश ताम्राकार हुन् । संगीत संयोजन उदयराज पौडेलको रहेको छ भने पत्रकार कुम्भराज राईले गीत लेखेका हुन् । पुरानो नेपाली कथानक चलचित्र सम्झाउने उद्देश्यले सोही शैली पछ्याएर भिडियो बनाइएको द नेसैन्स फ्ल्यांक्स टिमले जनाएको छ । गीत र द्वन्द्धलाई नाटकीय ढंगबाट देखाएको भिडियोमा अधिकांश नाट्यक्षेत्रका कलाकारहरु रहेका छन् । भिडियोमा कुसुम गुरुङ, कवि राई, रुपेश लामा र सुरज तमुले मूख्य अभिनय गरेका छन् ।

    सुमन तुम्बापो, मणि के राई, सौजन सेनेहाङ, संजिप योगी लगायतलाई भिडियोमा देख्न सकिन्छ । जे डी तमुले छायांकन र सम्पादन गरेको भिडियोको नृत्य निर्देशन चाहीँ मणि के राईले गरेका छन् ।

    हेरौँ मनको चोखो मायाको म्युजिक भिडियो

    प्रतिक्रिया दिनुहोस