२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
एमालेमा 'प्रतिगमन पक्षधर'बीच भाले भिडन्त

एमाले अधिवेशन: सिताराम र शंकर चुनावी मैदानमा, काे नेता कस्काे पक्षमा ?

  • २०७८ पौष २५, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमाले जिल्ला कमिटीकाे नेतृत्व चयन चुनावी प्रकृयाबाट हुने भएकाे छ । नेताहरुले सहमतिकाे प्रयास जारी रहेकाे बताए पनि फरक फरक समुहका नेताहरुले छुट्टाछुट्ट उम्मेदवारी दर्ता गरेका छन् । आज मनाेनय तथा निर्वाचनकाे कार्यतालिका छन् ।

    शुरुमा ३ जनाले  अध्यक्ष पद दावी गरे पनि उम्मेदवारी दर्ता गर्ने समयसम्म दुई जनाले गरेका छन् । नेता सिताराम गुरुङ र वर्तमान सचिव शंकर कट्वालले उम्मेदवारी दर्ता गरेका हुन् । एमालेमा उनीहरु दुवै ओलिकाे संसद विघटन गर्ने असंवैधानिक कदमका समर्थक हुन् ।

    पार्टीकाे विधानमा प्यानल बनाउन नपाइने भएकाले व्यक्तिगत भनिए पनि सबै पद समुहगत नै उम्मेदवारी परेकाे छ । मनाेनयकाे क्रम जारी रहेकाले अन्तिम नामावली आउन समय लाग्ने बताइएकाे छ ।

    काे नेता कस्काे पक्षमा ?

    संविधान सभाका सदस्य तथा अध्यक्षका दावेदार हर्कबाेल राईले  उपाध्यक्षमा मनाेनय गर्न राजी भएपछि गुरुङ र कट्वालले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् । अर्का उपाध्यक्षमा कट्वालकाे पक्षबाट रञ्जित धमला रहेका छन् ।

    गुरुङकाे पक्षमा नेताहरु यज्ञराज सुनुवार, किशाेर अधिकारी, वर्तमान अध्यक्ष माेहन श्रेष्ठ छन् । कट्वालकाे पक्षमा अम्बीर गुरुङ, नानीबाबु बुढाथाेकी र बालकृष्ण ढुंगेल छन् ।

    सचिवमा यस अघि प्रचार विभाग प्रमुख रहिरहेका अधिवक्ता तिर्थराज सुवेदी र कमल न्याैपानेले दर्ता गरेका छन् । उपसचिवमा वर्तमान उपसचिव मणिराज राई, केशव ढुंगेल, अशाेक थापा, सञ्जु श्रेष्ठ  र भक्त बहादुर कार्कीले दर्ता गरेका छन् । यीमध्ये सुवेदीलाई अधिकारी र सुनुवारकाे समर्थन र न्याैपानेलाई अम्बीर र बालकृष्णकाे समर्थन रहेकाे नेताहरु बताउँछन् ।

    उप सचिवमा केशव ढुंगेल र अशाेक थापा छन् । ढुंगेल बालकृष्ण र थापा अम्बीरकाे काेटाका उम्मेदवार हुन् । अन्य उम्मेदवारमध्ये राई संसाद सुनुवार निकट हुन भने अरु प्रष्ट खुलेका छैनन् । सदस्य पदहरुमा पनि धेरै आकांक्षी देखिएका छन् । धेरै आरक्षण काेटामा सहमति हुने भए पनि अन्य पदहरुमा भने निर्वाचन नै हुने देखिएकाे छ ।

    एमाले अधिवेशनमा माओवादीबाट आएका नेताहरुकाे प्रदेश सांसद अम्बीर गुरुङसँग गठबन्धन गर्न पुगेपछि ओलि समुह छिन्नभिन्न भएकाे छ । १० बुँदे सहमति गरेर एमाले एकताकाे पक्षमा लागेका नेताहरु र ओलि समुहका पुराना नेता जति जिल्लामा एकठाउँमा उभिएका छन् । किशाेर अधिकारी माेहन श्रेष्ठ लगायत नेता र संघिय सा‌ंसद यज्ञराज सुनुवार एक ठाउँमा उभिएपछि कार्यकर्ताहरुले यही समुहलाई राजनीतिक मान्न सकिने प्रतिक्रिया दिएका छन् ।

    अध्यक्षका दावेदार दुवै संसद विघटनकाे पक्षमा ओलि समुहमा लागेका नेताहरु हुन् । दुई नेताहरु दावेदार भएपछि १० बुँदे पक्षधरले गुरुङलाई साथ दिदाँ उनी मजबुद बनेकाे नेता कार्यकर्ता बताउँछन् ।

     

    प्रतिक्रिया दिनुहोस