२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

भारी मतान्तरमा एमाले अध्यक्षमा शंकर कट्वाल विजयी

  • २०७८ पौष २६, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमालेकाे जिल्ला अध्यक्षमा भारी मतान्तरसहित शंकर कट्वाल विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी सिताराम गुरुङलाई १२४ मतान्तरले पराजित गरेका छन् ।

    गुरुङले २७६ मत पाए । दुबै नेता ओलि गुटका हुन् । नेकपा हुँदा उनीहरु संसद विघटनकाे पक्षमा उभिएका थिए ।

    उपाध्यक्षमा भारी मतसहित हर्कबाेल राई निर्वाचित भए । उनले ४१३ मत ल्याए । उनका प्रतिद्वन्द्वि रञ्जित धमलाले २४६ मत ल्याए ।

    सचिवमा कमल न्याैपाने विजयी भए । उनका प्रतिद्वन्द्वि तिर्थराज सुवेदीले २९१ मत ल्याए । उप सचिवमा मणिराज राई र अशाेक थापाले बाजी मारे । राईले ३५४ र थापाले ३३७ मत पाए ।

    सदस्यहरुमा सबैभन्दा कम उमेरका २४ वर्षीय युवा निशान श्रेष्ठ लाेकप्रिय मत ल्याएर बिजयी भएका छन् । त्यस्तै झनक कार्की उमेश कार्की बलबहादुर परियार बुद्ध श्रेष्ठ दिनेश श्रेष्ठ लगायत युवाहरुले खुल्ला सदस्यमा निर्वाचित भएका छन् । ७५ सदस्यीय जिल्ला कमिटीका अन्य पालिका क्लष्टरबाट निर्वाचित भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस