२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

रेडक्रस अधिवेशन: चिशंखुगढीमा निशान्त शर्मा, ओखलढुंगा उपशाखामा साेचन शाक्य सभापति

  • २०७८ पौष २९, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेपाल रेडक्रस साेसाइटीका उपशाखाहरुमा नयाँ नेतृत्वका लागि अधिवेशन शुरु भएकाे छ । जिल्ला शाखा अन्तर्गत रहेका १२ उपशाखाहरुमा नयाँ नेतृत्व चयन प्रकृया शुरु भएकाे हाे ।

    उपशाखाकाे नेतृत्व चयन तथा साधारण सभा तथा अधिवेशनका प्रतिनिधीहरुकाे चयनपश्चात् जिल्ला शाखाकाे नयाँ नेतृत्वकाे चयनका लागि अधिवेशन बाेलाइने जिल्ला शाखाका सभापति सुमन राजभण्डारीले जानकारी दिए ।

    उपशाखामध्ये चिशंखुगढी उपशाखा (साविक कुइभीर उपशाखा) काे अधिवेशन सम्पन्न भइ नेतृत्व चयन प्रकृया सकिएकाे छ । आजीवन सदस्य निशान्त शर्मा वास्ताेलाकाे अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएकाे हाे । समितिकाे उपाध्यक्षमा शान्ता थापा, सचिवमा शिवप्रसाद ढुंगाना, सह सचिवमा वीर बहादुर अधिकारी, काेषाध्यक्षमा शम्भु थापा चयन भएका छन् ।

    अधिवेशनमा  बाेल्दै जिल्ला शाखाका उपसभापति पाेकलनाथ दाहालले रेडक्रसकाे जिल्ला शाखा र उपशाखा बीचकाे समन्वय प्रभावकारी हुन नसकेकाे स्राेत व्यवस्थापनमा चुनाैति रहेकाे बताए । शाखाका मन्त्री नारायण दाहालले सेवा भावले स्थापना भएकाे संस्थाले मानवीय सेवाका लागि काम गर्दै आएकाे जनाए ।

    १६ औं साधारण सभा तथा ५ औं अधिवेशनले उपशाखाकाे नाम परिवर्तन गरि चिशंखुगढि उपशाखा बनाउने, सदस्यता पालिका भरिका नागरिकलाई समेटेर दिने र पालिका स्तरमा कार्यालय स्थापना परेर विपतपकाे समयमा राहत तथा उद्धारका कामलाई प्रभावकारी बनाउने अध्यक्ष शर्माले बताए ।

    त्यस्तै बुधबार भएकाे  अधिवेशनले ओखलढुंगा उपशाखामा साेचन शाक्य सभापति चयन भएका छन् । समितिकाे उपसभापतिमा चाेचरा मास्के, सचिव किरण राजभण्डारी, काेषाध्यक्ष सानुमाया भूजेल र उप सचिव सानुराम श्रेष्ठ चयन भएका छन् । समिति ११ सदस्यीय रहेकाे छ । नयाँ समितिले रेडक्रसकाे मूल्य र मान्यता अनुसार काम अघि बढाउने सभापति शाक्यले बताए ।

    प्रतिक्रिया दिनुहोस