२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

जिल्ला प्रशासन ओखलढुंगाको सेवा स्थगन

  • २०७८ माघ १०, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– चारजना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सोमबारदेखि अत्यावश्यकीय बाहेकको सेवा स्थगन गरेको छ । प्रशासन कार्यालयले पाँच दिनको लागि सेवा स्थगन गरेको सूचना प्रकाशन गरेको छ ।
    एकजना कर्मचारीमा केहीदिनदेखि कोरोनाको लक्षण देखिएको थियो । कोरोनाको परिक्षण गर्दा उनी सहित चारजनाको एन्टिजेन पोजिटिभ देखिएको प्रशासनले जनाएको छ । अत्यावश्यक सेवाभित्र के के रहने र सो सेवा कसरी उपलब्ध गराउने बारेमा सूचनामा उल्लेख गरिएको छैन ।

    प्रतिक्रिया दिनुहोस