२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

ठेकेदारकाे लापार्वाहीले जिपमाथी ढुंगा खस्दा….

  • २०७८ माघ १२, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  जिल्ला स्वास्थ्य कार्यालयका सवारी चालक हुन् युवराज कोइराला । उनी कोभिड विरुद्धको भ्याक्सिन लिएर आईतबार विराटनगरदेखि ओखलढुंगा फर्किँदै थिए । उदयपुरको कटारीबाट उकालो लाग्ने बित्तिकै उनलाई कार्यालयबाट फोन आयो । फोनमा निर्देशन थियो, ‘मोबाइल अफ गर्नु, जहाँ छौ, त्यही बस्नु । अर्को गाडीले लिनु आउँछ अनि मात्रै त्यहाँबाट हिँड्नु ।’

    उनले निर्देशन अनुसार फोन अफ गरेर गाडी साइड लगाएर बसे । कटारी र घुर्मीको प्रहरीलाई सोही अनुसार कोइराला भएको ठाउँ सम्म जान अनुरोध गरियो । ओखलढुंगाबाट अर्को सवारी चालक पठाईयो । उनी भएको ठाउँमा पुगेपछि उनलाई सवारी चलाउन नदिई अर्को चालकले चलाएर ओखलढुंगा सामुदायिक अस्पताल मिसन ल्याइयो । उनलाई बाटैदेखि कुनै न कुनै घटना घटिसकेको छ भन्ने अनुमान थियो । तर कुन स्तरको घटना भन्ने सोचेका थिएनन् ।

    अस्पताल आईपुगेपछि उनी छाँगोबाट खसेझैं भए । जब उनका १० वर्षिय छोरा युसब र ७ वर्षिया छोरी युनिशाको मृत्यु भईसकेको थाहा पाए । उनकी श्रीमति लक्ष्मीको अस्पतालमै उपचार भईरहेको थियो । नातिनातिनाको दुर्घटनामा मृत्यु भएको थाहा भएपछि हजुरबुवा, हजुरआमा समेत होसमां छैनन् । लक्ष्मीलाई अस्पतालले सोमबार बिहान डिस्चार्ज गर्याे । युुवराज र लक्ष्मी छिनछिनमै बेहोस् हुने गरेका छन् ।

    लक्ष्मी पनि युवराजसँगै जिल्ला स्वास्थ्यकै क्वार्टरमा केटाकेटी लिएर बस्थिन् । केटाकेटीको स्कुल छुट्टी भएपछि उनीहरुलाई सिद्धिचरण नगरपालिका १ तलुवास्थित घर पठाएका थिए । लक्ष्मी शुक्रबारमात्रै रुम्जाटारदेखि घर गएर केटाकेटी लिएर आउने भनेर गएकी थिइन् । उनीहरु तलुवा नजिकै रहेको मानेभन्ज्याङ १ मा पर्ने मोलीदेखि आएको को १ ज ३५६९ नम्बरको बोलेरो जिप चढेर आए ।

    छरछिमेक, साथीभाई आफन्त सबैलाई निम्तो पठाईसकेका थिए । सोही तयारीका लागि बिहेको सामान किन्न सदरमुकाम आउँदै थिए सरोज । दुर्भाग्य उनको लगन भन्दा पहिले मृत्यु भयो ।

    सिद्धिचरण नगरपालिका ३ स्थित नारायणस्थान नजिकै आईपुगेका थिए । एक्कासी बाटोमाथीबाट खसेको ढुंगा गाडीमाथी बज्रियो । सो गाडीको पछिपछि आएका अरु गाडीका यात्रुहरुले उद्दारको कोशिस गरे तर सकेनन् । ढुंगा खस्नुको कारण चाहीँ सोही सडकको माथी पट्टी स्काभेटरले खनिरहेको थियो । सडक ग्राभेलको ठेक्का पाएको स्काभेटरले खनेकै कारण ढुंगा खसेर गाडी थिचेको थियो । तर स्काभेटर चालकले स्काभेटर ल्याएर ढुंगा पल्टाउनुको सट्टा भागे ।

    गाडीमा चालक सहित छ जना सवार थिए । त्यसमध्ये तीनजनाको मृत्यु भयो । अर्का मुत्यु हुने मानेभन्ज्याङ १ मोलीका ३० वर्षिय हेम भनिने सरोज मगर हुन् ।

    आफ्नै बिहेको सामान किन्न आउँदा मृत्यु

    मृत्यु भएका सरोज मगरको मंगलबार बिहे थियो । जनजाति समुदायको परम्परा अनुसार उनको पुरानो बिहे हो । उनले यसअघि बिहे गरेर एक छोरी जन्मिसकेपनि घरमा परम्परा रित अनुसारको बिहे बाँकी थियो । जनजाति समुदायमा परम्परा अनुसारको बिहे पछि पनि गर्ने चलन हुन्छ । त्यही चलन अनुसार उनको बिहेको मिति तय भएको थियो ।

    छरछिमेक, साथीभाई आफन्त सबैलाई निम्तो पठाईसकेका थिए । सोही तयारीका लागि बिहेको सामान किन्न सदरमुकाम आउँदै थिए सरोज । दुर्भाग्य उनको लगन भन्दा पहिले मृत्यु भयो । अहिले सरोजको परिवार पनि शोकले विक्षिप्त छन् । तीन घाईते मध्ये सवारी चालक संजिव श्रेष्ठ र देवबहादुर श्रेष्ठलाई हेलिकप्टर मार्फत काठमाडौं लगेर न्यूरो अस्पतालमा उपचार भईरहेको छ । उनीहरुको स्वास्थ्यमा सुधार आएको आफन्तले जनाएका छन् ।

    ठेकेदारको चरम लार्पावाहीले दुर्घटना

    ओखलढुंगा निशंखे सडक ग्राभेलको ठेक्का तीनवर्ष अघि नै कान्छाराम कन्स्ट्रक्सनले पाएको हो । सो कन्सट्रक्सनका प्रतिनिधिको रुपमा हर्कबहादुर श्रेष्ठले ठेक्का लिएका थिए । विभिन्न कारण देखाएर म्याद सकिएपनि काम नसकेका ठेकेदारले दुर्घटना भएको ठाउँ कोही पनि सुपरभाईजर खटाएका थिएनन् ।

    कम्तिमा बाटोमा ढुंगा झरेको बेला हेर्ने सुपरभाईजर मात्र राखेको भएपनि घटना नघट्ने सर्वसाधारण बताउँछन् । प्रमूख जिल्ला अधिकारी दिलकुमार तामाङले घट्ना घट्ने बित्तिकै ठेक्का लगाउने पूर्वाधार विकास कार्यालयलाई जानकारी दिएको र सोही कार्यालय मातहत ठेकेदारलाई घाईतको उपचारका लागि हेलिकप्टर पठाउने देखि अन्य काम भएको बताए । ठेकेदारले घाईतेको उपचारका लागि दुई लाख पैसा उनका आफन्तलाई दिएका छन् ।

    घटनास्थलमा ढुंगा झिक्ने अनुमति ठेकेदार कम्पनीलाई थियो, थिएन ? किन सुरक्षालाई प्राथमिकता नदिई काम गरियो भन्ने विषयमा अनुसन्धान गरिरहेको प्रजिअ तामाङले बताए । सर्वसाधारणले भने जहाँसुकै ठेकेदारहरुले सडक संरचना लगायतका काम गर्दा लार्पावाही गर्ने गरेको भन्दै कारबाहीको माग गरेका छन् ।

    कान्तिपुरबाट साभार

     

    प्रतिक्रिया दिनुहोस