२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
प्रगतिशील लेखक संघकाे दाेस्राे अधिवेशन

प्रगतिवादी विचार बाेक्नेहरु एकजुट हुनु पर्नेमा जाेड

दुर्गा लिम्बु उर्फ सानु काेविद अध्यक्ष चयन

  • २०७८ चैत्र ५, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- प्रगतिवादी धाराका लेखकहरुकाे संगठन प्रगतिशील लेख संघकाे जिल्ला अधिवेशनमा प्रगितवादी चिन्तन, विचार र लेखन कमजाेर बन्दै गएकाेमा सर्जकहरु चिन्ता व्यक्त गरेका छन् ।

    स‌घकाे उद्घाटन शत्रमा बाेल्दै अतिथि वक्ताहरुले प्रगतिशील साहित्य सिर्जना र यसकाे अवस्थाका बारेमा बृहत छलफल गर्नुपर्ने बताएका छन्
    अधिवेशनका प्रमुख अतिथि कवि तथा कम्युनिष्ट नेता खड्ग याेगीले आगामी दिनमा विचार र आन्दोलनलाई सृजनात्मक लेखनको क्षेत्रसित जोड्नुपर्ने बताए ।

    सबै प्रगतिशील लेखकहरूलाई एउटै थलोमा समेट्नु चुनौतीको विषय भएको भन्दै संघले प्रगितवादी र वामथन्थी एकताका लागि दवाव सिर्जना गर्ने रचना गर्नु प्रगतिशिल लेखकहरुकाे दायित्व भएकाे जनाए ।

    अर्का वक्ता नेकपा एमालेका नेता तथा प्रलेसका संस्थापक सदस्य कमल न्याैपानेले  पार्टीगत भन्दा प्रलेसले समग्र प्रगतिशील साहित्यको उन्नयनका लागि याेगदान गर्नु पर्ने बताए ।

    जनवादी गीतकार जीवन परियारले प्रगतिवादी सिर्जनाले समाज रुपान्तारणकाे बाटाे देखाउनु पर्ने बताए । उनले समाजकाे अग्रगामी रुपान्तरणकाे दर्शन प्रगतिशील लेखनबाट प्राप्त हुने उनकाे तर्क छ । २०७३ सालमा जिल्ला शाखाकाे रुपमा स्थापना भएकाे संघमा प्रगतिशिल विचार बाेकेका तथा वामपन्थी झुकाव राख्ने लेखक तथा साहित्यकारहरुकाे साझा स‌ंस्था हाे ।

    दाेस्राे जिल्ला अधिवेशनले साहित्यकार तथा लेखक दुर्गा लिम्बु सानु काेविदकाे अध्यक्षतामा नयाँ समिति चयन भएकाे छ । समितिकाे उपाध्यक्षमा शिबप्रसाद ढुङ्गना, सचिब बाेधनारायण श्रेष्ठ (बिद्यमान), सहसचिब  बद्रिप्रसाद धमला,  कमल प्रसाद न्याैपाने चयन भएका छन् ।

    त्यस्तै सदस्यहरुमा धुर्ब राजभण्डारी , गगन राई, प्रमिला श्रेष्ठ छन् । अन्य तिन सदस्य पछि चयन हुने बताइएकाे छ । प्रदेश प्रतिनिधिमा श्री टंक किराँती र काैशल घिमिरे तथा केन्द्रिय प्रतिनिधिमा युबराज दाहाल,  चेतनाथ धमला र कमल  न्याैपाने चयन भएका छन् ।

    अधिवेशनमा अध्यक्ष चयन भएपछि सानु काेविदले बार्षिक रुपमा मुखपत्र प्रकाशन, कविता गाेष्ठी आयाेजना तथा सम्मान कार्यक्रम अघि बढाइने प्रतिवद्धता जनाए ।

    अधिवेशनमा सहभागी सर्जकहरुले अवकाे साहित्य प्रगतिवादी विचारधारालाई जनस्तरमा पुर्याउने दिसामा केन्द्रित भएर लेखिनु पर्नेमा जाेड दिए । प्रगतिवादलाई उत्तरआधुनिकतावाद, पूँजीवाद  र साम्राज्यवादले ढाक्न खाेजेकाेमा चिन्ता समेत ब्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस