२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

सहमतिमै यौनसम्बन्ध राखेर बलात्कार आरोप लाउने किशोरीलाई जेल सजाय !

  • २०७८ चैत्र १६, बुधबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- सहमतिमा यौनसम्बन्ध राखेपछि बलात्कार आरोप लगाएकी एक किशोरीलाई साढे तीन वर्षको जेल सजाय भएको छ । १९ वर्षीया किशोरीलाई अदालतले साढे तीन वर्ष जेल सजायको फैसला सुनाएको हो ।

    याे खबर अछामको कमलबजारकाे हाे । याे फैसला गर्ने जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशी हुन् । किशोरीले आफ्नै घरमा बिहेको प्रस्ताव लिएर आएका रामारोशन गाउँपालिका निवासी २० वर्षीय पुरुषमाथि बलात्कार गरेको आरोपमा मुद्दा हालेकी थिइन् ।

    गत माघ १५ गते बिहेका लागि माग्न आएका ती पुरुष र किशोरीबी सहमतिमै यौनसम्बन्ध भएको थियो । तर  उनले आफूमाथि बलात्कार गरेको आरोपसहित घटना भएको दुई दिनपछि गत माघ १७ गते जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दिएकी थिइन् ।

    बिहेको प्रस्ताव लिएर आएका ती पुरुष र आफू रातको समयमा एउटै कोठामा सुतेको अवस्थामा बलात्कार गरेको उनले दाबी गरेकी थिइन् । एउटै कोठामा अलग अलग सुते पनि राति आफूलाई जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

    तर जिल्ला सरकारी वकिलसँगको बयानमा किशोरीले सुरुमा बलात्कार गरेको बताएकी छन् ।  पुरुषले जबर्जस्ती करणी नगरेको बरु किशोरीले नै बोलाएपछि सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका थिए ।

    किशोरीकै घरमा बास बसेर शारीरिक सम्बन्धपछि ती पुरुष बिहे पक्का नगरी आफन्तसहित घर फर्केका थिए । आफन्तको निधन भएको भन्दै तत्कालै बिहे नगर्ने केटा पक्षले बताएपछि उनीविरुद्ध बलात्कार मुद्दा चलाइएको थियो ।

    अदालतले पनि दुवैको बयान, आवश्यक प्रमाण र शारीरिक परीक्षणसहितको विवरणको अध्ययन गरेपछि ती किशोरी र पुरुषबीच सहमतिमै यौन सम्बन्ध स्थापित भएको ठहर गरेको छ ।

    दुवै पक्षको बयान र आवश्यक तथ्य प्रमाणका आधारमा अदालतले यो मुद्दामा किशोरीलाई तीन वर्ष जेल सजाय तोक्दा ती २० वर्षीय पुरुषलाई सफाइ दिएको छ । किशोरीलाई अदातलको आदेशमा जिल्ला कारागार कार्यालय चलान गरिने भएको छ । -तेस्राे आँखाबाट

    प्रतिक्रिया दिनुहोस