२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

ओखलढुंगा: एमाले–माओवादी गठबन्धन प्रयास, होला त संभव ?

कहाँ कस्ता गठबन्धन प्रयास ? एमाले-माओवादीदेखी एमाले -जसपासम्मकाे चर्चा !

  • २०७८ चैत्र १७, बिहिबार मा प्रकाशित २ साल अघि
  • स्थानीय तहको निर्वाचनको मतदान नजिकिए लगत्तै दलहरु उम्मेदवार छान्ने तयारी थालेका छन् । नेताहरु उम्मेदवार छनौटसँगै जे गर्दा चुनाव जित्न सकिन्छ, त्यही विधी पछ्याउने प्रयासमा देखिएका छन् ।

    अहिलेको सत्ता गठबन्धासँग एक्लै लडेर बहुमत ल्याउने एमालेले दावी गरिरहेको छ भने सत्तारुढ दलहरु  मोर्चा बनाएर एमालेलाई शून्यमा ल्याउने प्रयासमा छन् । जिल्लामा अहिले सत्ताधारी गठबन्धनको एकै मोर्चा बनाउने कसरत भइरहेका बेला एमालेले केन्द्रमा राप्रपा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग गठबन्धन बनाउने संकेत गरेको छ ।

    सत्ताधारी गठबन्धलाई अप्राकृतिक आरोप लगाउँदै आएको एमाले, मूलतः ओलि गूट एमाले राप्रपा गठबनधनलाई कसरी प्रगतिशिल भनेर व्याख्या गर्ला ? आम एमालेजनले नियालीरहेका छन् ।

    ओखलढुंगामा चुनावी तालमेलका बिषयमा छलफल शुरु भएको छ । एकाँग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाको गठबन्धनका लागि छलफल शुरु भएको बेला एमालेले केही पालिकामा माओवादी केन्द्रसँग तालमेल गरेर चुनाव जित्ने रणनीति अख्तियार गरेको देखिन्छ ।

    यो जिल्लाको नभइ स्थानीयको आवश्यकता भएको एमाले नेता कार्यकर्ताहरुको दावी छ । सत्तारुढ पार्टीको गठबन्धनको प्रयासकै बीच चलेको एमाले माओवादी गठबन्धनको चर्चाले माओवादीको शक्तिलाई निर्णायक शक्तिका रुपमा एमााले काँग्रेसले बुझेको प्रष्ट छ । यद्यपी एमालेले एक्लै चुनाव लडेर जित्ने तर्क गरे पनि उसलाई यो पटकको निर्वाचन फलामका चिउरा सरह सावित हुने पक्का छ ।

    सत्ताधारी गठबन्धलाई अप्राकृतिक आरोप लगाउँदै आएको एमाले, मूलतः ओलि गूट एमाले राप्रपा गठबनधनलाई कसरी प्रगतिशिल भनेर व्याख्या गर्ला ? आम एमालेजनले नियालीरहेका छन् ।

    एमालेको विजयमा नेकपा एकिकृत समाजवादी नै मुख्य तगारो हो । एमाले विभाजन नभएको भए नेकपाको जगमा बनेको एमालेको संगठन यस पटकको निर्वाचनमा हावी देखिने निश्चित थियो ।

    केपी गुट र वरिपरिको स्वार्थ समुहसँग देखिएको पदीय र सैद्धान्तिक अन्तरकलहले एमालेलाई विभाजनमा धकेलेपछि एमालेको दिग्विजय यात्रा जिल्लामा पूर्णविराम लाग्ने अवस्था छ,  सत्तारुढ दलको वडा तहसम्मै गठबनधन भएमा । यही बुझेका एमाले, माओवादी र एकिकृत समाजवादीका केही पालिकाका नेताहरु भने जिल्लामा एकमुष्ट गठबन्धन नभएमा काँग्रेस बाहेकको गठबन्धन बनाउने मनस्थितिमा पुगेका छन् ।
    यसको एउटै कारण यो छ कि, ती तहमा कांग्रेस नेतृत्वको सरकारले गैरकम्युनिष्टहरुलाई दिएको ‘हैरानी’ नै हो । काँग्रेस बाहेकका मतदाता भएका क्षेत्रमा विकासका योजना नदिनेदेखी योजना नै कटौतिसम्म गर्ने ‘कांग्रेसी विकास’का विरुद्ध मोर्चा जरुरी देखिएको माओवादी केन्द्र, चम्पादेवीका युवा नेता सुर्दशन कार्की बताउँछन् । यद्यपी यो पार्टीको केन्द्रिय र जिल्लाको नीतिसँग मेल खाइरहेको छैन ।

    काँग्रेस विरुद्धको मोर्चा बनाउन कुन-कुन पालिकामा छलफल ?

    जिल्लाका केही स्थानिय तहमा सत्ता गठबन्धन बिचमा तालमेल गर्ने सम्भावनाको खोजी भैरहेको छ भने केही स्थानिय तहमा सत्ता गठबन्धनको एक घटक र प्रतिपक्ष दलको बिचमा गठबन्धन गरेर अगाडी बढ्ने बिषयमा छलफल सुरु भएको छ ।

    चम्पादेवी गाउँपालिकामा प्रतिपक्ष नेकपा एमाले र सत्तापक्ष माओवादी केन्द्रबिच स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने बिषयमा छलफल चलेको छ । नेकपा एमालेका प्रदेश कमिटी सदस्य तिर्थ सुबेदीका अनुसार पालिकामा दुई कम्युनिष्ट पार्टीबिचमा तालमेल गरेर चुनावी मैदानमा जाने बिषयमा छलफल चलेको हो ।

    काँग्रेस बाहेकका मतदाता भएका क्षेत्रमा विकासका योजना नदिनेदेखी योजना नै कटौतिसम्म गर्ने ‘कांग्रेसी विकास’का विरुद्ध मोर्चा जरुरी देखिएको माओवादी केन्द्र, चम्पादेवीका युवा नेता सुर्दशन कार्की बताउँछन् । यद्यपी यो पार्टीको केन्द्रिय र जिल्लाको नीतिसँग मेल खाइरहेको छैन ।

    चुनावी तालमेलका बिषयमा दुवै पार्टीले छुट्टा छुट्टै वार्ता टोली समेत गठन गरेको र पहिलो चरणको वार्ता सकिए पनि निचोड निस्केको छैन । नेकपा एमालेले माओवादी केन्द्रलाई तिन वटा वडामा अध्यक्ष र पालिका उपाध्यक्ष दिने प्रस्ताव गरेको छ । तर माओवादी कन्द्रले यसलाई स्वीकार गरेको छैन ।

    माओवादी केन्द्रले गठबन्धन गरेर जादाँ बहुमतको उपाध्यक्ष र अल्पमतको अध्यक्ष हुनुपर्ने प्रस्ताव गरेको छ । माओवादी केन्द्रका पालिका ईन्चार्ज खड्ग कार्कीका अनुसार गठबन्धनको बिषयमा पहिलो चरणको छलफल निकर्ष बिहिन बनेको र दोस्रो चरणको छलफलको तयारी भैरहेको छ । कम्युनिष्ट पार्टीले चन्दा माग्ने तर भिक्षा नमाग्ने भन्दै सहमति जुटे कांग्रेस बिरुद्ध गठबन्धन गरेर जान सकिने बताए । १० वटा वडा रहेको पालिकामा यस अघि तिन वडामा माओवादी केन्द्र र एकमा एमालेले अध्यक्ष जितेको थियो ।

    सुनकोशी गाउँपालिकामा पनि नेकपा एमाले र माओवादी केन्द्रबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने बिषयमा छलफल भएको छ । नेकपा माओवादी केन्द्रका कार्यलय सचिव नवराज खड्काका अनुसार स्थानीय तहको चुनावमा दुई कम्युनिष्ट पार्टीबीचमा तालमेल गर्ने बिषयमा छलफल चलेको छ ।

    गठबन्धन गर्ने बिषयमा पहिलो प्राथमिकता नेपाली काग्रेससंग हुने उनले बताए । नेपाली काग्रेसले पार्टी सकारात्मक नदेखिए एमालेसँग तालमेल हुन सक्ने उनको प्रतिकृया छ । १० वटा वडा रहेको सुुनकोशी गाउँपालिकामा यसअघिको निर्वाचनमा माओवादी केन्द्रले कुनैपनि वडामा जित हासील गरेको छैन भने एमालेले चारवटा वडा जितेको थियो ।

    गाउँपालिकामा एमाले र माओवादी केन्द्रबिच तालमेल गरेर जादाँ पालिका उपाध्यक्ष र दुई वडा वडा सम्म माओवादी केन्द्रलाई दिन सकिने एमाले पालिका सहईन्चार्ज हितराज कार्कीले बताए । यस बाहेक जिल्लाको मानेभज्याङ गाउँपालिकामा पनि एमाले र माओवादी केन्द्र बिच गठबन्धन गरेर जान दुवै दलका कार्यकर्ताको दवाव छ ।

    नेकपा एस र जसपा फ्याक्टर

    एमालेका केही नेताले जसपाको खिजीदेम्वा स्तरीय नेतासँग विभिन्न चरणमा संवाद गरेर आन्तरिक तालमेल प्रयास गरेका छन् । तर, यी दुवै फ्याक्टरलाई गठबन्धनका ठूला दलले मूल रुपमा वेवास्ता गर्नुका पछाडि आफ्नो सिट घट्छ भन्ने नै हो ।

    अहिलेको निर्वाचनमा सत्तारुढ गठबन्धन पहिलो र स्वभाविक छ । दोस्रो प्रतिपक्ष एमालले बाँकी रहेका रापप्राहरुसँग गर्न छ । र दुइ गठबन्धन चुनावी मैदानमा जान सक्छन् । यो देशव्यापी हुन सक्छ । जिल्लाको हकमा भने तीन ठूला दलको जसरी पनि पद आफुले सुरक्षित राख्ने गरि तालमेल गर्ने दाउमा छन् ।

    सत्तासाझेदार दल खासगरि देउवा प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर कारवाही भोग्दै नेकपा एमालेको माधव झलनाथ समुहबाट बनेको नयाँ पार्टी एकिकृत समाजवादीलाई एमालेले पार्टीकै रुपमा स्वीकार गरेको छैन भने तालमेलमा सत्तारुढ काँग्रेस र माओवादी केन्द्रको प्रथामिकतामा परेको छैन ।
    यसले तालमेललाई प्रभावित गर्ने निश्चित छ । अर्को जसपा जिल्लाको खिजीदेम्वामा केही गतिविधी देखाएर पार्टीका रुपमा स्थापित छ । यसलाई पनि काँग्रेसले प्रथामिकता दिएको छैन ।

    एमालेका केही नेताले जसपाको खिजीदेम्वा स्तरीय नेतासँग विभिन्न चरणमा संवाद गरेर आन्तरिक तालमेल प्रयास गरेका छन् । तर, यी दुवै फ्याक्टरलाई गठबन्धनका ठूला दलले मूल रुपमा वेवास्ता गर्नुका पछाडि आफ्नो सिट घट्छ भन्ने नै हो ।

    एमालेको तालमेल प्रयास रणनीतिक देखिन्छ । आफु कमजोर भएको ठाउँमा माओवादीसँग तालमेल गर्ने, यसरी तालमेल गर्दा मओवादीको भोट थोरै भएकाले तालमेलको पक्षमा आउँछ र आफुले जितिन्छ ।

    तर, एमालेको सबै भोट माओवादी उम्मेदवारलाई नजाने र माओवादी चुनावमा पराजित भएर गठबन्धनको माओवादीको सिट काँग्रेसले जित्न सक्छ । यसरी माओवादी हार्दा कार्यकर्ता निरास भएर एमालेमा आउने र माओवादी संकटमा पर्ने एमाले विश्लेषण छ ।

    तर स्थानीय तहको निर्वाचनमा व्यक्ति हेर्ने र प्रतिशोध तथा स्वार्थ प्रेरित मतदाता निर्णायक हुने भएकाले साना दलहरुले कटाउने थोरै भोट पनि ठुला दलका लागि महंगो सावित हुन सक्छ ।

    समग्रमा एमाले कांग्रेसको मनोविज्ञान आफुँ जित्ने र सानालाई हराउने तर आफु कमजोर देखिएका ठाउँमा गठबन्धन पनि गर्ने रणनीतिले मतदाता भड्किने संभावना बढी देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस