२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

लिखुमा एमालेकाे निरन्तर अग्रता

  • २०७९ जेष्ठ १, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा – लिखु गाउँपालिकामा नेकपा एमालेले शुरुवात देखि नै अग्रता लिदै आएकाे छ । गाउँपालिका अध्यक्षका उम्मेदवार मिलनकुमार विष्टले १३३५ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अशाेक कार्कीले ९४५ मत पाएका छन् ।

    उपाध्यक्षमा पनि एमालेका अस्मिता थापाले १४११ मत पाउँदा काँग्रेसका उम्मेदवार ७८८ मतमा सिमित छन् । याे परिणाम वडा नं १ २ र ९ गनिसक्दा आएकाे हाे । हाल वडा नं ८ गणना भइरहेकाे छ । निरन्तरकाे अग्रताले लिखुमा एमालेले बाजी मार्ने अनुमान गरिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस