२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

अपडेट: थप ६ वडाकाे मत परिणाममा काे कहाँ विजयी ?

  • २०७९ जेष्ठ २, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- साेमबार विहानसम्म थप ६ वडाकाे मत परिणाम सार्वजनिक भएकाे छ । जस अनुसार चिशंखुगढी २ मा माओवादी केन्द्रका नरेन्द्र वस्नेत विजयी भएका छन् । उनले एमालेका जीवनकुमार थापालाई पछि पार्दै जीत हात पारेका हुन् ।

    चम्पादेवी ४ मा कांग्रेसबाट वडाध्यक्षमा इन्द्र केसी विजयी भएका छन् । लिखु गाउँपालिका ८ मा कांग्रेसबाट वडाध्यक्षमा पुरुषोत्तम पौडेल विजयी भए । उनले एमाले उम्मेदवार पराजित गरे । हालसम्मका सबै स्थानीय निर्वाचन एमालेले जित्दै आएकाे थियाे ।

    सिद्दिचरण नगरपालिका ९ मा नेपाली काँग्रेसका गुण बहादुर खडका १३५ मतान्तरले प्यानल सहित बिजयी भए उनले एमाले उम्मेदवार पहलमान खड्कालाई पराजित गरेका हुन् ।

    सुनकोसी २ मा कांग्रेसबाट वडाध्यक्षमा खिलबहादुर तामाङ विजयी भएका छन् । खिजीदेम्बा -७ मा नेपाली कांग्रेसको डिल्लीराम बस्नेत सहित पुरै प्यानल विजयी भएका छन् । खिजीदेम्वाकाे अध्यक्षमा भुपेन्द्र बहादुर बस्नेत ३४२ मतले अग्रता हासिल गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस