२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

मानेभञ्ज्याङकाे अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली, उपाध्यक्षमा आश्रचन राई

  • २०७९ जेष्ठ २, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा आश्रचन राई विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसको समर्थनमा धारा चिन्ह लिएर उम्मेदवार बनेका थिए ।

    उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार आश्रचन राई एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भए । अध्यक्षमा निर्वाचित रुम्दालीले नेकपा एमालेका उम्मेदवारलाई १ हजार २ सय ६ मत अन्तरले पराजित गरेका छन् ।

    रुम्दाली ५ हजार २१ मत प्राप्त गर्दा उनका निटतम प्रतिद्वन्द्वी एमालेका रुपलाल तामाङले ३ हजार ८ सय १५ मत पाए । उपाध्यक्षमा जसपाका दीपेन्द्र रुम्दालीलाई २ हजार १ सय ७३ मत अन्तर पराजित गर्दै कांग्रेस उम्मेदवार राई ४ हजार ७ सय ५० मत प्राप्त गरेर विजयी भए ।

    उपाध्यक्षमा रुम्दालीले २ हजार ५ सय ७७ मत पाए । मानेभञ्ज्याङमा एमाले र जसपाले तालमेल गरेका थिए । भने अध्यक्षमा कांग्रसले स्वतन्त्रलाई सघाएको थियो ।

    मानेभञ्ज्याङका ९ मध्ये ७ वडामा कांग्रेस र २ वटा वडामा एमालेले जितेको छ । नेपाली काँग्रेसबाट वडा नं.१ मा राजकुमार रुम्दाली, वडा नं.२ मा राममणी राई, वडा नं.४ विष्णु तामाङ्ग, वडा नं. ५ मा रामकुमार राई, वडा नं. ६ मा हेमराज राई, वडा नं.७ विष्णु प्रसाद गौतम, वडा नं. ८ मा भिमबहादु बलाम्पाखी मगर विजयी भए ।

    नेकपा एमालेबाट वडा नं. ९ मा पूर्णबहादुर मगर र वडा नं.३ मा जितेन्द्र राईले जित निकालेका छन् । २०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित ७ वडामा कांग्रेस, एउटा वडामा माओवादी र एउटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए ।

    प्रतिक्रिया दिनुहोस