२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

चम्पादेवीमा प्रमुख कांग्रेस उप प्रमुखमा एमाले विजयी

  • २०७९ जेष्ठ २, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढु‌ंगा- चम्पादेवी गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार नवराज केसी (खत्री) ४,७१५ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार खड्गबहादुर कार्कीलाई १५५ मतान्तरले पराजित गरेका हुन् ।

    पराजित खड्गबहादुर कार्कीले ४,५६० मत ल्याएका छन् । उपाध्यक्षमा एमालेका दिलमाया मगर विजयी भएका छन् । उनले ४६,१४ मत पाइन् । उनले निकटतम प्रतिद्वन्द्वी कां‍ग्रेसका कुषा मगरलाई पराजित गरिन । उनले ४४,४७ मत पाएकी छिन् ।

    दिलमाया एमालेबाट विजयी हुने पदाधिकारीमध्ये पहिलाे हुन् । एमाले माेलुङ र लिखुमा जित नजिक रहे पनि एमालेकाे पदाधिकारीकाे खाता उनैले खाेलेकी छीन् ।

    १० वडामध्ये ७ मा कांग्रेस २ मा एमाले र १ मा माओवादी जित हात पारेका छन् । २०७४ काे निर्वाचनमा प्रमुख उपप्रमुख दुवै कांग्रेसले जितेकाे थियाे । वडामा पनि ७ कांग्रेस २ माओवादी र १ एमालेले जितेका थिए ।

    चम्पादेवीका वडाअध्यक्षहरु
    १. कुल बा श्रेष्ठ नेका‌ं
    २. बिष्णु पुलामी नेका‌ं
    ३. धन श्रेष्ठ एमाले
    ४. इन्द्र के सि नेका‌ं
    ५. मोहन तामाङ नेका‌ं
    ६. गणेश केसि माओवादी
    ७. सुरेश थापा एमाले
    ८. हरि बराल नेका‌ं
    ९. सुजन पौडेल नेका‌ं
    १०. रोहित ढुंगेल नेका‌ं

    प्रतिक्रिया दिनुहोस