२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
भत्कियो एमालेको गढ

लिखुको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

  • २०७९ जेष्ठ ३, मंगलबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- लिखुमा नेपाली कांग्रेसका अशोक कुमार कार्की विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार मिलनकुमार विष्टलाई २८४ मतान्तरले पछि पार्दै जित हात पारेका हुन् ।

    एमालेको गढका रुपमा रहेको लिखुमा यस पटक कांग्रेसले बहुमत वडासहित प्रमुमा बाजी मारेको छ । कार्कीले ३७७६ मत ल्याउँदा एमालेका विष्टले ३४९२ मत पाए ।

    शुरुवाति अग्रता हासिल गरेका विष्ट वडा नं ४, ५ र ६ को मत गन्दा पछि परेका हुन् । उपाध्यक्षमा भने नेकपा एमालेकी अस्मिता थापा कांग्रेसको भन्दा ११ सय बढी मत ल्याएर विजयी भएकी छन् । थापाले ४११६ मत प्राप्त गरी

    विजयी हुँदा कांग्रेसकी प्रेमकुमारी दाहालले ३ हजार ९३ मत प्राप्त गरेकी छन् । ९ वडा रहेको यो पालिकामा नेपाली कांग्रेसले ५ नेकपा एमालले ३ र माओवादीले १ वडा जितेका छन् । यस अघि एमालेले ४ वडा र प्रमुख उप्रमुख दुवै जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस