२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

यी हुन् सुनकाेसीमा जितेका एमाले वडा अध्यक्ष

  • २०७९ जेष्ठ ४, बुधबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- स्थानीय तह निर्वाचन २०७९ मा सुनकाेसी गाउँपालिकामा नेकपा एमालले उम्मेदवार बनाएका १० मध्ये ५ जना वडा अध्यक्ष निरवाचित भएका छन् ।

    १० वडा रहेकाे याे पालिकामा ५ वडा अध्यक्ष र पालिका अध्यक्ष, उपाध्यक्ष कांग्रेसले जितकाे छ । एमालेबाट विजयी बनेका वडा अध्यक्षहरुमध्ये वडा नं ५ का वडा अध्यक्ष गाेविन्दराम तामाङ दाेस्राे कार्यकालका लागि निर्वाचित भए । उनी २०७४ पनि निर्वाचित भएका थिए ।

    त्यस्तै वडा नं ३ का वडा अध्यक्ष गिर्वराज थापा मगर २०७४ कांग्रेस उम्मेदवारसँग पराजित भएका थिए । उनी अहिले निर्वाचित भएका छन् । अन्य वडाअध्यक्षहरु पहिलाे पटक स्थानीय तहमा निर्वाचित भएका हुन् ।

    पालिका प्रमुख र उप प्रमुख पदमा भने एमालेले भारी मतान्तरले पराजय व्यहाेरेकाे छ । एमाले पराजित हुने कारण निर्वाचन परिचालन प्राविधिक सन्तुलन मिलाउन नसक्ने देखि टिकट वितरणमा देखिएकाे विवाद लगायतका कारण रहेकाे एमाले नेताहरु बताउँछन् ।

    यी हुन् एमालेबाट निर्वाचित वडाअध्यक्षहरु 

    वडा नं.३ गिर्व थापा मगर
    वडा नं.५ गोविन्द तामाङ
    वडा नं.७ चेत बहादुर कट्वाल
    वडा नं.९ हितराज कार्की
    वडा नं.१० छवि धमला

    प्रतिक्रिया दिनुहोस