२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

ठूलाछापमा भेटियाे पानीकाे ट्याङकीभित्र शिशुकाे शव

  • २०७९ जेष्ठ १५, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  सिद्धिचरण नगरपालिका २ ठुलाछापमा नवजात शिशुको शव फेला परेको छ । ठुलाछापको पुरानो खानेपानीको ट्याङकीभित्र बोरामा बाँधिएको अवस्थामा शिशुको शव फेला परेको हो ।

    खानेपानीको पुरानो ट्याङकीभित्र बोरामा बाँधिएको अवस्थामा शालनाल सहितको नवजात शिशुको शव फेला परेको ओखलढुंगा प्रहरी प्रमुख शुकदेव खनालले जानकारी दिए । स्थानीयले खानेपानीको पुरानो ट्याङकीभित्र बोरामा शिशुको शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

    त्यसलगत्तै प्रहरी घटनास्थल पुगेर आवश्यक कानुनी प्रकृया पुरा गरी शवलाई पोष्टमाटमका लागी जिल्ला अस्पताल रुम्जाटार लगीएको थियो । रुम्जटारमा नवजात शिशुको पोष्टमाटम नहुने भएपछि सनिबारै टिचिङ अस्पताल काठमाण्डौ लगीएको छ ।

    प्रहरीले शिशुको हत्या गरिएको वा मृत शिशु जन्मिएपछि फालेको भन्ने बिषयमा अनुसन्धान गरिहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस