२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

ओखलढुंगा बजारमा युगौँ पछि संयुक्त रुपमा लाखे जात्रा

  • २०७९ श्रावण १४, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा – ओखलढुंगा सदरमुकाममा शनिबार नेवार समुदायले युगौँ पछि संयुक्त रुपमा लाखे जात्रा निकालेका छन् । वल्लो बजार र पल्लो बजारको नाममा सँधै द्वन्द्ध भएपछि सदियौँदेखि दुईतर्फका बजारबासीले एकसाथ लाखे जात्रा निकालेका थिएनन् ।

    २४ वर्षअघि एकातर्फको गुठीले अर्को तर्फको बजारमा लाखे जात्रा लैजाँदा ठूलो झगडा भएपछि आ–आफ्नो बजारक्षेत्रमा मात्र लाखे जात्रा निकाल्ने गरिन्थ्यो । गतसालदेखि दुवै तर्फका गुठीबिचमा छलफल गरेर यसवर्षदेखि उनीहरुले संयुक्त रुपमा लाखेजात्रा निकालेका हुन् ।

    सिद्धिचरण नगरपालिका १२ को जनहित गुठी र सिनपा ११ को पारस्परिक गुठी बिचमा लाखे जात्रामा झगडा नगर्ने शर्त भएपछि पहिलो पटक संयुक्त रुपमा जात्रा निकालिएको हो । संयुक्त रुपमा सदरमुकाममा लाखे जात्रा नगरिएको कति वर्ष भएको थियो भन्ने नै स्थानीयलाई थाहा छैन ।

    त्यसैले युगौँपछि बजारका समुदायहरु आफ्नो सँस्कृती जगेर्नामा एकजुट हुनुलाई सकारात्मक रुपमा लिइएको छ ।

    प्रतिक्रिया दिनुहोस