२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

खिजीदेम्वामा वडाबाटै सामाजिक सुरक्षा भत्ता

  • २०७९ भाद्र २३, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- खिजीदेम्बा गाउँपालिकाले वडातहबाटै सामाजिक सुरक्षा भात्ता वितरण थालेको छ । अशक्त, असहाय व्यक्ति पालिका केन्द्र र बैंकसम्म पुगेर भत्ता लिन कठिन भएपछि सहजताका लागि वडा वडामै भत्ता वितरण थालिएको हो ।

    पालिका केन्द्रमा रहेको मेघा बैंक र सुरक्षा निकायसँगको सहकार्यमा गाउँपालिकाको वडा नम्बर ६ बाट भत्ता वितरण वडा केन्द्रबाटै थालिएको गाउँ पालिकाले जनाएको छ ।

    गाउँपालिका अध्यक्ष गोम्बु शेर्पाका अनुसार मंगलबार वडा नम्बर ९ का जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित बालबालिका तथा एकल महिलालाई भत्ता वितरण गरिएको छ । वडातहबाटै सामाजिक सुरक्षाभात्ता बितरण थालेपछि सो क्षेत्रका नागरिकहरुले खुसी व्यक्त गरेका छन् ।

    वैंकिङ्ग प्रणाली मार्फत भत्ता भूक्तानी गर्नु पर्ने सरकारले नीति ल्याएपछि भत्ता वितरण खाता खोलेर जम्मा गरिदै आएको थियो । आफ्नै खातामा भएको पैसा झिक्न समेत जेष्ठ नागरिक अपांगता भएका व्यक्तिलाई समस्या भएपछि वडा तहसम्म पुगेर भत्ता दिने गरि समन्वय भएको हो ।

    प्रतिक्रिया दिनुहोस