२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

चर्चित फिल्म ‘प्रेमगञ्ज’ ओखलढुंगामा पनि प्रदर्शन हुने, यस्ताे छ तालिका

प्रेम कथामा रमाउन र मनोरञ्जन लिन उत्कृष्ट फिल्म

  • २०७९ भाद्र २९, बुधबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- प्रेम कहानीमा आधारित चर्चित फिल्म प्रेम गञ्ज ओखलढु‌ंगामा पनि प्रदर्शन हुने भएकाे छ । २०७९ असाेज ८ र ९ गते जिल्ला समन्वय समितिकाे हलमा २ दिन प्रदर्शन गर्न लागिएकाे हाे ।

    प्रदर्शनका लागि फिल्मका नायक तेज गिरी र बेनिषा हमाल समेत उपस्थित हुने निर्माण टिमले जनाएकाे छ । ‘मेराे लिड राेलकाे पहिलाे फिल्म हाे याे,  देशभरबाट राम्राे रेस्पाेन्स आएकाले जिल्लामा प्रदर्शन हुदाँ आफै‌ं उपस्थित हुन्छु’ नागरिक मिडियासँगकाे कुराकानीमा नायक तेज गिरीले भने ।

    प्रेम कथामा रमाउन र मनोरञ्जन लिनेहरूका लागि यो उत्कृष्ट फिल्म हो। फिल्म हेर्न भने टिकट लिनु पर्ने व्यवस्था छ । टिकटकाे साधारण शुल्क ४ सय र विद्यार्थीहरुका लागि ५० प्रतिशत छुट दिने तयारी छ ।

    प्रर्दशनकाे समयअवधि भने ताेकिन बाँकी छ । शुरुमा दिनकाे ११ बजे पहिलाे शाे देखाउने तयारी छ । माग अनुसार अन्य शाेहरु पनि देखाउन सकिने निर्माण पक्षकाे तयारी छ । जिल्लामा फिल्म प्रदर्शनी पहिलाे पटक हुन लागेकाे हाे ।

    परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको यो फिल्मबाट नायक तेज गिरी डेब्यु गर्दैछन् । उनी पेसाले बैंकर हुन् । तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय छ ।

    सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय रहेकाे फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो ।

    यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको बताइएकाे छ ।
    यस अघि भ्यालेन्टाइनको दिन पारेर निर्माण टिमले फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो । भदाै ३ गतेबाट नेपाल तथा विदेशमा समेत प्रदर्शन भइरहेकाे छ ।

    प्रतिक्रिया दिनुहोस