२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

जय भर्सेस बशन्त: चुनावका प्रतिस्पर्धी, चुनावपछि सहयात्री

  • २०७९ आश्विन २, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुगा- स्थानीय तहको गत बैशाखको चुनावमा सिद्धिचरण नगरपालिका वडा २ मा नेकपा एमालेबाट जयकुमार कार्की शिक्षकको जागिर छाडेर उम्मेदवार बने ।

    उनका प्रतिस्पर्धी थिए नेकपा माओवादी केन्द्रका बशन्त कट्वाल । कट्वाल २०७४ को चुनावका उपविजेता हुन् ।
    यसपटक कट्वालले ३ सय मतान्तरले चुनाव जित्दा एमालेका जयकुमार निकटतम् प्रतिद्वन्द्वी मा सिमित भए । चुनाव ताका निकै चिसिएको सम्बन्ध चुनाव सकिएको २ महिनामै उनीहरुको सम्बन्ध यति सौहार्द भयो कि कार्कीलाई निर्वाचनमा हराउने कट्वालले पार्टी नै प्रवेश गराए ।

    एमालेले टिकट दिए पनि शिक्षकबाट राजीनामा दिएर आएको भन्दै केहीले कार्कीलाई असहयोग गरे । यस अघि एमालेले जितेको वडा यस पटक भारी मतान्तरले हार्यो । उनै पराजित कार्कीलाई पार्टी प्रवेश गराएर फेसबुक लाइभ मार्फत वडा अध्यक्ष कट्वालले अब कार्कीको नेतृत्वमा वडाको विकास र राजनीति चल्ने बताए ।

    लामो छलफलपछि पार्टी प्रवेश कार्यक्रम राखेको भन्दै अरु नेता कार्यकर्ताहरु समेत पार्टी प्रवेश गर्ने उनले दावी गरे ।  उनीसँगै बोधबाबु कट्वाल र हरिबहादुर कट्वाल माओवादी प्रवेश गरेका छन् ।

    प्रवेश कार्यक्रममा कार्कीले एमालेकाे  संगठन  ठेकेदार, तस्कर, फटाहा, भ्रष्टाचारीहरूको हातमा गयो । नीति विचार र सिद्धान्तकाे राजनीति नभइ पैसा, शक्ति र गुटमा लिप्त भएकाले माओवादी राजेकाे बताएकाे कट्वालले बताए । पार्टी प्रवेश बारे प्रतिक्रिया लिन खोज्दा कार्कीले भने फोन उठाएनन् ।

    प्रतिक्रिया दिनुहोस