२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

कुम्भराजकाे पुस्तक ‘ओखलढुंगा तथ्य र इतिहास’

  • २०७९ आश्विन ९, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  कान्तिपुर दैनिकका उप सम्पादक कुम्भराज राईकाे द्धारा लिखित ‘ओखलढुंगा तथ्य र इतिहास’ पुस्तक लोर्कापण गरिएको छ । सिद्धिचरण नगरपालिकाको सभाहलमा भएको लोर्कापण कार्यक्रममा सिद्धिचरण नगरपालिका १२ का ९२ वर्षीय जेष्ठ नागरिक भैरबबहादुर श्रेष्ठले पुस्तकको लोर्कापण गरे ।

    १९९ पृष्ठको उक्त पुस्तकमा जिल्लाको राजनीति, ऐतिहासिक स्थल, दस्तावेज र व्यक्ति तथा अन्तरवार्ता लगायतका विषयवस्तु समावेश  छ ।कार्यक्रममा  समिक्षकहरुले भिन्न आकृतिमा प्रस्तुत यो पुस्तक पठनीय र संग्रह तथा अध्ययनका लागि राम्रो सन्दर्भ सामग्री बनेको बताए ।

    ओखलढुंगा क्याम्पसका उप-प्राध्यापक डा. भेषनाथ खनालले पुस्तकले जिल्लाको राजनीतिदेखि भाषा, साहित्य, कला, संस्कृति, पर्यटनका ऐतिहासिक तथ्य पहिल्याएकाे बताए ।

    अर्का टिप्पणीकर्ता प्रगतिवादी लेखक युवराज दाहालले इतिहास लेखनकाे परम्परावादी धारभन्दा बाहिर उठेर इतिहासका विषय प्रभावकारी र शसक्त रुपमा पुस्तकले उठान गरेकाे बताए । उनले ओखलढुंगाकाे इतिहासका धेरै पाटा पक्षरहरुलाई संक्षेपिकरण गरेकाले जिल्लाकाे स्थानीय पाठ्यक्रमकाे सन्दर्भ सामग्री बनाउन सकिने पुस्तक आएकाे बताए ।

    पुस्तकका लेखक राईले आफुले झन्डै डेढ दशक जिल्लामा रहेर पत्रकारिता गर्ने क्रममा संकलन गरिएका थुप्रै समाचार सामग्रीमध्ये महत्वपूर्ण टिपोटहरुलाई छनौट गरेर पुस्तकका विषयवस्तु बनाएकाे बताए ।

    पुस्तकको नयाँ कुरा भनेकै ओखलढुंगामा जन्मिएकी डाटी शेर्पाले २०१९ सालमा न्यायका लागि आफुलाई टुक्राटुक्रा बनाएर लिखु खोलामा बगाएको महिलाको बारेमा समेत सम्भवत अहिलेसम्मकै सबैभन्दा बढी खोज पुस्तकमा पढ्न पाइने उनले बताए । याे विषय हालसम्म अलिखित थियाे ।

    पछिल्लो समय पुस्तक पढ्ने संस्कृतीबाट हामीहरु धेरै टाढा गैसकेको भन्दै राईले पुस्तक पढेर पुस्तकमा भएका कमी कमजोरी औँल्याईदिन समेत आग्रह गरे । इतिहासलाई साक्षीको रुपमा राखेर, इतिहासलाई टेकेर मात्रै अगाडी बढ्न सकिने भन्दै लेखक राईले पुस्तककाे अर्को संस्करणलाई अझ परिमार्जित गरेर ल्याउने प्रतिबद्धता जनाए ।

    पुस्तक लोर्कापण कार्यक्रममा सिद्धिचरण नगरपालिका मेयर तेजन खनाल (तेजेन्द्र), निवर्तमान मेयर मोहनकुमार श्रेष्ठ, मोलुङ गाउँपालिका प्रमुख उत्तम राई, सुनकोशी गाउँपालिका प्रमुख, कमल तामाङ, विभिन्न राजनैतिक दलका प्रतिनिधी, बुद्धिजीबी, सरोकारवाला लगायतको उपस्थिति थियो ।

    बाइलाइन मिडिया ओखलढुंगाले प्रकाशन गरेको साे पुस्तक ओखलढुंगा र काठमाण्डाै‌ंका विभिन्न पुस्तक पसलहरुमा किन्न पाइन्छ ।

     

    प्रतिक्रिया दिनुहोस