२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
शिक्षक हत्याकाे रहस्याेद्घाटन

तारन्तारकाे ‘ब्याकमेलिङ’ सहन नसकेर हत्या

  • २०७९ आश्विन १०, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  शिक्षक हत्याको आरोपमा २२ वर्षीया युवति पक्राउ परेकी छिन् । प्रहरीले सिद्धिचरण नगरपालिका- ८ स्थित सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको हो ।

    उनीमाथि सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका- ५ घर हाल चिसंखुगढी गाउँपालिका ४ लेखर्कस्थित कालिका आधारभूत विद्यालय शिक्षक ३३ वर्षीय दिपककुमार ठाकुरको हत्या हत्या गरेको अभियोग छ ।

    ठाकुर असोज ७ गते आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । शिक्षकको कोठामा शव भएको स्थानीयले बताएपछि प्रहरी घटनास्थल पुग्छ । घटनास्थल प्रकृतिका आधारमा हत्या भएको अनुमान गरेर प्रहरीले अनुसन्धान थालेको थियो ।

    अनुसन्धानका क्रममा घटनामा युवतिको संलग्नता पुष्टि हुने आधार भेटेपछि शनिबार साँझ आरोपितलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएस्पी सुकदेव खनालले जानकारी दिए । उनी विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको उनले बताए ।

    ठाकुरको टाउको तथा शरीरका अन्य भागमा कुटपिट गरी नाक, मुख र घाँटीमा गम्छाले बाँधी, मुखमा सिरानीले थिचेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेकी युवतिले समेत घटना आफैले घटाएको प्रहरी समक्ष स्वीकार गरेकी छन् ।

    घटनाबारे प्रहरीले भने प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै यसबारे थप बताएको छैन । तर तारन्तारको ब्याकमेलिङ सहन नसकेर हत्या गरेको आरोपित युवतिको स्वीकारोक्ति छ ।

    यसरी भयो हत्या

    ठाकुर यस अघि सिद्धिचरण ८ सल्लेरीको एक विद्यालयमा शिक्षक थिए, आरोपित विद्यार्थी । उनी सरुवा भएर अन्यत्र जाँदा पनि ति युवतिलाई बारम्बार फोन गर्ने गरेको पाइएको छ । यही क्रममा ति युवतिसँग ठाकुरको हिमचिम बढेर भेटघाट हुने गरेको स्थानीय बताउँछन् ।

    युवतिका घर परिवारसँग समेत परिचित ठाकुरले युवतिलाई भेट्न दवाव दिन्थे । बारम्बार उनीसँग अश्लिल म्यासेज गर्ने, कुराकानी गर्ने, परिवारका सदस्यलाई समेत निरन्तर अश्लिल सन्देश लेखेर पठाएर मानसिक तनाव दिने गरेको आरोपित युवतिको भनाइ छ । यही कारण उनीहरुको विच विवाद बढेको र अन्तमा घटना हत्यासम्म पुगेको अनुमान छ ।

    बरम्बार अश्लिल म्यासेजले हैरान भएपछि ती युवतिले ठाकुरका परिवारलाई समेत उनको गतिविधीबारे जानकारी गराउँछिन् । अश्लिल बोलि र म्यासेजले आजित उनले हत्याको योजना बनाएर ठाकुर बस्ने घर नजिक चिशंखुगढीको खस्रे पुग्छिन् ।

    उनले ठाकूरलाई आफु भेट्न आएको जानकारी गराए पनि भोलिपल्ट उज्यालो भएपछि मात्रै भेट गर्छिन् । उनीहरुबीच ठाकुरको कोठामा भेटघाट तथा कुराकानी हुन्छ । ठाकुरले अश्लिल तरिकाले प्रस्तुत भएपछि विवाद हुँदा  उनले टाउको झ्यालमा ठोक्काइ गुप्ताङमा समेत प्रहार गरेर गम्भीर घाइते बनाएपछि सलले मुख तथा घाँटी बाँधेर हत्या गर्छिन् र त्यहाँबाट घर आउँछिन् ।

    प्रतिक्रिया दिनुहोस