२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

कांग्रेस केन्द्रीय सदस्य सुनुवार र एमालेका पूर्वमन्त्री गुरुङबीच राेचक भिडन्त

  • २०७९ आश्विन २९, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- प्रदेश सभा क तर्फ गठबन्धनका उम्मेदवार कांग्रेस केन्द्रिय सदस्य प्रदिपकुमार सुनुवार र नेकपा एमालेका उम्मेदवार प्रदेश १ का पूर्वमन्त्री अम्बीरबाबु गुरुङबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

    गठबन्धनका सुनुवार कांग्रेसको २ पटक लगातार जिल्ला सभापति र अहिले केन्द्रिय सदस्य हुन् भने एमालेका गुरुङ प्रदेश १ कमिटीको सचिवालय सदस्य, २०७४ मा निर्वाचित सांसद र प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी सम्हालेको नेता हुन् ।

    सुनुवारसँग स्थानीय तह हुँदा २०५४ सालमा गाविस अध्यक्ष तथा जिल्ला पार्टी सभापति हुँदा तत्कालिन जिल्ला विकास समितिको राजनीतिक संयन्त्रको नेतृत्व गरेर काम गरेको, स्थानीय विकासको संरचना र भूगोलबारे जानकारी छ । गुरुङ प्रदेश सरकारको शक्तिशाली मन्त्रालय सञ्चालन गर्दा प्रदेशको विकासमा सरकारले गरेका काम र ती संरचनाबारे जानकार छन् ।

    दुवै नेतामा हक्की र कुनै एउटा निचोडमा पुगेपछि पछि नर्फकने स्वभाव छ । निर्वाचन जित्दा आफ्नो पार्टीको नेतृत्वमा प्रदेश सरकार बन्ने परिस्थितिमा दुवै नेता प्रदेश मन्त्रीका मुख्य दावेदार पनि हुन् ।

    पहिलो पटक यी दुई नेताबीच चुनावी मैदानमा भेट भएको छ । यस अघि दुवै फरक फरक निर्वाचन क्षेत्रबाट लडेका थिए । चुनावमा सुनुवार पराजित भए भने गुरुङ निर्वाचन जितेपछि राज्यमन्त्री हुँदै मन्त्री भए ।

    दुवै नेतामा हक्की र कुनै एउटा निचोडमा पुगेपछि पछि नर्फकने स्वभाव छ । निर्वाचन जित्दा आफ्नो पार्टीको नेतृत्वमा प्रदेश सरकार बन्ने परिस्थितिमा दुवै नेता प्रदेश मन्त्रीका मुख्य दावेदार पनि हुन् ।

    गुरुङको यो निर्वाचन तेस्रो हो भने सुनुवार दोस्रो पटक मैदानमा उत्रिएका छन् । २०५६ सालको आम निर्वाचनमा गुरुङ नेकपा मालेको चुनाव चिन्हबाट प्रतिनिधी सभाका उम्मेदवार थिए ।

    यस्तो छ राजनीतिक अकं गणित

    प्रदेश सभा क मा ४ स्थानीय तह छन् । यसमध्ये स्थानीय तह निर्वाचनमा काँग्रेस माओवादी गठबन्धनबाट चिंशखुगढी गाउँपालिकामा प्रमुख उपप्रमुख, सिद्धिचरण नगरपालिकामा प्रमुख तथा खिजीदेम्वामा उपप्रमुख जितेका छन् ।

    खिजीदेम्वाको प्रमुख जनता समाजवादीले जितेको छ भने सिद्धिचरणको उप प्रमुख एमालेले जितेको छ । मोलुङ गाउँपालिकाको दुवै सिट एमालेले जितेको छ ।

    खिजीदेम्वा जितेको जसपाले उम्मेदवार उठाएर चुनावी मैदानमा छ भने काँग्रेस, माओवादी र एकिकृत समाजवादीको गठबन्धन छ । एमाले एक्लै चुनावी मैदानमा छ ।

    स्थानीय तहको निर्वाचनको मत परिणामले गठबन्धनका सुनुवार बलियो देखिन्छन् भने यस अघि बाम गठबन्धनबाट उम्मेदवार बनेका गुरुङले ७ हजार मतान्तरले काँग्रेसका उम्मेदवारलाई पराजित गरेका थिए । मन्त्री बनेपछि जिल्लामा धेरै विकासका योजना  र बजेट पठाउने सामाजिक काममा व्यक्तिगत रुपमै लाखाैं रकम दिने समाजसेवी नेता रुपमा परिचित छन् ।

    उता कांग्रेसका सुनुवार गाविस अध्यक्ष हुँदै जिल्ला पार्टी नेतृत्वमा हुँदा तत्कालीन जिल्ला विकास समितिको राजनीतिक संयन्त्रको नेतृत्व गरेर वडा वडामा बजेट पठाउने काम गरेका थिए । २०७४ मा पूर्व मन्त्री गुरुङलाई गठबन्धनमा साथ दिएकाे माओवादी अहिले सुनुवारकाे साथमा पुगेकाे छ ।

    लामो समय भूगोलको राजनीतिमा सक्रिय सुनुवार र मन्त्री समेत भइसकेर विकास प्रेमी नेताका रुपमा परिचित  गुरुङ दुवै जिल्लाको विकासका लागि खट्ने नेता हुन् । उनीहरुको प्रतिस्पर्धालाई लिएर अनेक अड्कलबाजी भए पनिर्विाचन परिणाम कसको पक्षमा जान्छ अहिले नै भन्न सकिने अवस्था छैन ।

    प्रतिक्रिया दिनुहोस