२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

संकटका सारथी सांसदकाे प्रतिस्पर्धामा

  • २०७९ कार्तिक ८, मंगलबार मा प्रकाशित १ साल अघि
  • काठमाण्डाै-  कुनै बेला यस्ताे समय थियाे मान्छे भेट्याे भने भाग्नु पर्ने, अर्थात् काेराेना महामारी । यस्ताे संकटमा अरु घरभित्रै रहन्थे, उनी टाेल टाेल र सडकमा मान्छेसँगै भेटिन्थे । सहयाेग गर्थे र काेराेना महामारीबाट जाेगिने उपाय सुनाउथें ।

    उनै पात्र अहिले समाजसेवा र विकासका कामलाई थप प्रभावकारी र शसक्त बनाउन संसदमा डब्यू गर्ने दाेस्राे प्रयासमा छन् । काठमाण्डाैं निर्वाचन क्षेत्र नं १  अन्तर्गत प्रदेश सभा क्षेत्र नं २ मा काँग्रेसकाे तर्फबाट उम्मेदवार हुन् सुरजचन्द्र लामिछाने । उनै सामािजक अभियान्ता, राजनीतिक व्यक्तित्व लामिछाने अहिले जनताकाे घर दैलाेमा मत माग्न ब्यस्त छन् ।

    २०४४ सालमा नेपाल विद्यार्थी संघकाे सदस्यता लिएर राजनीतिक यात्रा शुरु गरेका उनी २०४६ सालकाे जनआन्दाेलनमा सक्रय सहभागी भए । २०५१ सालमा नेपाली कांग्रेसकाे क्रियाशील सदस्य बनेका उनी वडा कमिटी, महानगर कमिटी हुँदै महाधिवेशन र महासिमित सदस्य भएर काम गरेकाे अनुभव छ ।

    काेराेना महामारी मा राहत वितरण गर्दै लामिछाने ।

    विभिन्न छ वटा सामाजिक संस्थामा आबद्ध भएर समाजसेवा गरेकाे, त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकाेत्तर गरेका बाैद्धिक व्यक्तित्व लामिछाने यस क्षेत्रका स्थापित नेता हुन् । उनले निर्वाचन जितेमा विगतकाे सामाजिक सेवा गर्दा बुझेकाे समाजकाे अवस्था र त्यसकाे रुपान्तरण र विकासका नीति निर्माणदेखि विकासका व्यवस्थित याेजना ल्याउने बताएका छन् ।

    उनकाे उम्मेदवारीले समाजिक तथा बाैद्धिक क्षेत्रमा समेत अब उनी जस्ता व्यक्तिलाई संसदमा पठाउनु पर्छ भन्ने बहस शुरु भएकाे छ । मतदातासँगकाे अन्तर्क्रिया र भेटघाटमा व्यस्त रहेका उनले आफ्नाे क्षेत्रकाे चाैतर्फी विकासका लागि खाका समेत तयार गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस