२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

शब्द चित्रमा एमाले उम्मेदवार जिवी, के छन् उनका चुनावी मुद्दा ?

  • २०७९ कार्तिक १४, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  नेकपा एमालेको तर्फबाट प्रदेश सभा क्षेत्र नं २ का उम्मेदवार जिवी खड्का उर्फ ज्ञानबहादुर खड्का पहिलो पटक संसदीय चुनाव फेस गर्दै छन् । युवापुस्ताका स्थापित व्यवसायी खड्का एमालेका प्रदेश कमिटी सदस्य हुन् ।

    उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा सुनकोसी गाउँपालिकाका अध्यक्षका प्रत्यासी थिए । झिनो मतान्तरले पराजित भएका उनी प्रदेश सभा सदस्यमा गठबन्धनका उम्मेदवार बाबुराम गौतमसँग भिड्ने मुख्य प्रतिस्पर्धी हुन् । २०३१ सालमा जन्मेका खड्का १६ वर्षको उमेरमा २०४७ सालमा अनेरास्ववियुबाट राजनीतिमा लागेका हुन् । त्यसबेला उनी नेपाल ल क्याम्पसमा प्रारम्भिक कमिटीको सदस्य भए ।

    २०४९ सालमा नेकपा एमाले बलखु गाउँ कमिटीको उप-सचिव र ओखलढुंगा-काठमाण्डौं सम्पर्क कमिटीको सदस्य भएर काम गरे । युवा संघ नेपालको बुटवल महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका उनी २०७४ सालको स्थानीय तहको चुनावमा उम्मेदवार बनेर चर्चामा थिए । हाल उनी नेकपा एमालेको प्रदेश कमिटी सदस्य हुन् ।

    यस्ता छन् मुद्दा

    नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका खड्काले चुनाव प्रचार अभियानका क्रममा घरदैलोमा छन् । आफ्ना निर्वाचन क्षेत्रमा चर्चित भनिएका नेताहरुले यस अघि चुनाव जिते पनि विकासका काम नभएको बताए । यस अघिका २ निर्वाचनमा उनीहरुले बोकेका मुद्दा अहिलेसम्म तिनै बोकेर जनता ढाट्ने काम भइरहेको बताए ।

    २०७० सालदेखि मान्छे उनै मुद्दा उनै हुने र विकासका काम नहुने भएकाले आफु यस क्षेत्रको रुपान्तरण गर्न चुनावी मैदानमा होमिएको बताए ।
    एनले आफुँले ५ वर्षमा यस क्षेत्रलाई विकासोन्मुख बनाउने योजना बनाएको बताए । पूर्वाधार विकासमा मोलीदेखि पोकलीसम्म आफ्नो क्षेत्रका मुख्य सडकहरु कालोपत्रे गर्ने, सबै वडामा एकघर एक धारा अभियान चलाएर खानेपानीको पहुँच पुर्‍याउने र निर्वाचन क्षेत्रका सबै घरमा केन्द्रीय विद्युत विस्तार गने प्रमुख लक्ष्य रहेको खड्काले बताए ।

    अरु योजनाहरु घोषणापत्रमा समेटिएर आउँने उनले बताए । उनले भने, ‘पूर्वाधार विकासको अलवा, सामाजिक उत्तरदायित्वको सवाल र युवास्वरोजगारमा जोड दिनेछु । कृषि उद्यमशिलता र उद्योग व्यवसाय प्रवद्र्धनको योजना छ ।’

    जिल्लाका संघ र प्रदेशका सबै सिटमा एमालेले विजयी हासिल गर्न सके विकासको खाका कोर्न सजिलो हुने उनको तर्क छ । खड्का नेकपा एमालेबाट पहिलो पटक यो क्षेत्रमा चुनाव जितेर इतिहास रच्ने योजनामा छन् ।

    प्रतिक्रिया दिनुहोस