२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

माेलुङमा एमालेका उम्मेदवाहरुलाई मालाकाे भारी (फाेटाे फिचर)

  • २०७९ कार्तिक २३, बुधबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- नेकपा एमालेले चुनावी प्रचारलाई तीव्र बनाएकाे छ । ठूला सभा भन्दा एमालेले वडा स्तरका सभा र घरदैलाेलाई प्रथामिकता दिएकाे छ ।

    एमालेले मतदातामाझ बढी पुग्ने याेजना सहित प्रदेश र संघकाे चुनावी प्रचार कहिले एकल त कहिले संयुक्त गरेर अभियान दैनिक चलिरहेकाे संघीय प्रतिनिधि सभाका उम्मेदवार यज्ञराज सुनुवारले बताए ।

    उनले भने, ‘अरु हल्ला गर्छन् हामी काम गर्छाैं, जनतासँग मन जितेर मत माग्दै उनीहरुका सवाल बुझेका छाै‌ घाेषणा पत्रबाट ल्याउन छुट विषयलाई नाेट गरेर राखेका छाैं ।’

    सुनुवारसँगै प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवार पूर्व मन्त्री अम्बीरबाबु गुरुङ पनि अभियानमै छन् । उनले जनताकाे उत्साह र माया देखेर चुनाव जित्ने त समस्या नै नभएकाे बताए । चुनावि अभियान लिएर माेलुङ ८ राँगादिप पुगेका उम्मेदवारहरुलाई स्थानीयले भलाभरि माला लगाएर भब्य स्वागत गरेका थिए ।

    तस्वीरहरु

    प्रतिक्रिया दिनुहोस