२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

प्रिति आलेले पलापुमा छम्छमी नचाइन् दुई ‘राम’

  • २०७९ कार्तिक २६, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- लाेकतान्त्रिक वाम गठबन्धनकाे कार्यक्रममा गठबन्धनका उम्मेदवारहरु छमछमी नाचेका छन् । दुई राम अर्थात संघ तर्फका रामहरि खतिवडा र प्रदेश तर्फका बाबुराम गाैतम । उनीहरुलाई चर्चित गायिका प्रिति आलेले नचाएकी हुन् ।

    उनले फुल्याे बामरी लयमा गाइएकाे  ‘बाबुराम गाैतम र जिताऔं रामहरि’ गीत गाउँदा स्टेजमै बाबुराम र रामहरि छमछमी नाचेका हुन् । चुनावी सभामा गायक बालकुमार श्रेष्ठ र आलेले गीतबाट गठबन्धनका उम्मेदवारहरुलाई भाेट मागेका थिए ।

    उम्मेदवारद्वयलाई साथ दिदै चम्पादेवी गाउँपालिकाका अध्यक्ष नबराज केशी र सुनकाेसी गाउँपालिका अध्यक्ष कमल तामाङले पनि नाचेर साथ दिए । सयाैंकाे उपस्थितिमा   भएकाे सभामा उम्मेदवार तथा गठबन्धन दलका नेताहरुले भाेट मागेका थिए ।

    भिडियाे

    प्रतिक्रिया दिनुहोस