२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

गठबन्धनलाई एमालेकाे घाेराखाेरीबाट ‘काउन्टर’

  • २०७९ कार्तिक २६, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- नेकपा एमालेले चम्पादेवी गाउँपालिकाकाे घाेराखाेरीमा बृहत सभा गरेकाे छ । सत्ता गठबन्धनका उम्मेदवारहरुले पलापु भञ्याङमा सभा गरे लगत्तै एमालेले घाेराखाेरीबाट काउन्टर गरेकाे हाे ।

    चर्चित गायिका प्रिति आले ल्याएर साँस्कृतिक साँझसहितकाे वृहत सभा गरेपछि एमालेले लगत्तै घाेराखाेरीमा साँस्कृतिक कार्यक्रमसहितकाे सभा आयाेजना गरेकाे हाे ।

    सभामा एमालेका प्रतिनिधि सभाका उम्मेदवार यज्ञराज सुनुवार प्रदेश सभा क्षेत्र नं २ का उम्मेदवार ज्ञानबहादुर खड्का जिवि  प्रदेश सभाका समानुपातिक उम्मेदवार किशाेर अधिकारी लगायतले सम्बाेधन गरेका थिए ।

    उम्मेदवार तथा नेताहरुले जिल्लामा भएका विकासका काम एमालेकाे पहलमा भएकाे र थप याेजनाहरु पुरा गर्न एमालेलाई जिताउन मतदाताहरुसँग अपिल गरेका छन् ।

    वक्ताहरुले गठबन्धन सरकार बनेपछि यस अघि शुरु भएका आयाेजनाहरुकाे बजेट कटाैति गर्ने काम भएकाे भन्दै गठबन्धन ठगबन्धनका रुपमा माेर्चा बनाइएकाे बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस