२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

एमालेकाे खानीभञ्ज्याङ र गठबन्धनकाे नारायणस्थानमा सभा

  • २०७९ कार्तिक २९, मंगलबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- मतदानकाे समय नजिकिदै गर्दा दलहरुले चुनावी प्रचारलाई आक्रामक बनाएका छन् । चुनावी प्रचारमा दलहरुले ठुला सभादेखि घरदैलाे निरन्तर गरिरहेका छन् ।

    यसै क्रममा सत्ता गठबन्धनले सिद्धिचरण नगरपालिका स्तरीय सभा अधेरी नारायणस्थानमा गरेकाे छ भने एमालेले चिशंखुगढीकाे खानभञ्ज्याङमा सम्पन्न गरेकाे छ ।

    दलका नेता तथा उम्मेदवाहरुले मतदातालाई मत माग्दा आफ्ना एजेण्डा राख्नेभन्दा उम्मेदवारहरुले एक अर्कालाई गाली गलाैज गरेर मत माग्ने काम गरिरहेका छन् ।

    यसले मुख्यदललाई मतदान गर्ने मतदाता भने रुष्ट बन्न थालेका छन् । दलहरु व्यक्तिगत तहमै झरेर गाली गलाैजमा उत्रिनु दुखद भएकाे उनीहरुकाे भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस