२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

प्रदेशसभा ओखलढुंगा ‘दुई’मा माओवादीका बाबुराम गौतम विजयी

  • २०७९ मंसिर ७, बुधबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा– प्रदेशसभा दुई बाट वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका नेकपा माओवादी केन्द्रका बाबुराम गौतम विजयी भएका छन् । उनले १५ हजार सात सय ३८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका ज्ञानबहादुर खड्काले १४ हजार छ सय ४२ मत प्राप्त गरे ।

    हालको लिखु गाउँपालिका ९ पोकलीमा बुवा तेजप्रसाद र आमा यत्नकुमारीको कोखबाट २०२९ माघ ५ गते बाबुराम गौतम जन्मिएका हुन् । प्रवीणता प्रमाणपत्र तहसम्म औपचारिक अध्ययन गरेका उनका श्रीमति दुई छोरी र एक छोरा छन् ।

    तत्कालीन एकता केन्द्रमा २०४६ सालअघि देखि नै सहभागी भई राजनीतिमा प्रवेश गरेका थिए । २०४७ सालमा हरिऔन माविको इकाई अध्यक्ष त्यसपछि सर्लाही जिल्ला अनेरास्ववियु कमिटिको जिल्ला सदस्य र २०४९ मा आरआर क्याम्पसमा अनेरास्ववियुबाटै स्ववियु सदस्यका उम्मेद्वार बनेका थिए । २०५१ माओवादी जनयुद्ध शुरु भएपछि आबद्ध भए । खुल्ला र्मोचा संयुक्त जनमोर्चा नेपाल हुँदादेखि उनको पार्टीमा आबद्धता थियो ।

    माओवादीको एरिया कमिटि सदस्य, जिल्ला कमिटि २०५५ सालदेखि, टेड युनियन महासंघको केन्द्रिय महासचिव २०६० सालमा, २०६४ मा उपाध्यक्ष बनेका गौतम २०७० मा नेकपा माओवादीको जिल्ला अध्यक्ष बने । हाल पार्टीको केन्द्रिय सदस्य रहेका गौतमले चारपटक गरि अढाईवर्षजति जेल जीवन बिताएका छन् । मजदुरको रुपमा पत्रिका वितरक साइकल ब्वाईको काम गर्दै राजनीतिमा संघर्ष गरेका गौतम सालिन र भद्र नेताको रुपमा परिचित छन् ।

    प्रदेशसभा क्षेत्र नं. २ मा कूल मतदाता संख्या ६१ हजार १ सय ६४ रहेकोमा ३३ हजार ५ सय २९ मतदाताले मतदान गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस