२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

विद्युत आयोजनाले पानी सुकाएपछि किसान मारमा

  • २०७९ पौष १०, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- ओखलढुंगा र रामेछापको सीमानामा रहेको लिखु नदीबाट उत्पादित २८ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना (लिखु थर्ड) ले अधिकतम पानी सुरुङमार्गबाट कटाएर लगेपछि किसान मारमा परेका छन् । ओखलढुंगा तर्फ पर्ने लिखु गाउँपालिकाको ४, ५, ९ र ८ वडाका सयौं किसानका खेतहरु बाँझोमा परिणत भएका हुन् ।

    गत असोजदेखि सञ्चालनमा आएको विद्युत आयोजनाले हिउँद लागेसँगै अधिकतम पानी कटौति गरेपछि लिखु नदीबाट सिंचाई गरिएका कूलोहरु सबै बन्द भएका हुन् ।

    कम्तिमा १० प्रतिशत पानी विद्युत आयोजनाले नदीमा छोड्नुपर्ने व्यवस्था भएपनि नछोडेर सबै पानी ड्यामबाट लगेको स्थानीयको आरोप छ । हिउँदमा समेत बस तथा ट्रक पुलबाटै तर्थे, अहिले त कुलोमा सिंचाइ गर्ने पानी समेत छैन, स्थानीय शान्तिराम भट्टराईले भने ।

    विद्युत आयोजनाको लापरवाहीका कारण लिखु किनारका खेतमा समेत सिंचाइका लागि समस्या हुने देखिएको छ । ‘शुरुमा कूलो बाट पानी जाने हामी नै बनाउँछौ भनेर भनेका थिए ।’ लिखु गाउँपालिका ८ का वडाअध्यक्ष पुरुषोत्तम पौडेलले भने, ‘अहिले कूलो माथी भयो ।

    उपाध्यक्ष थापाले भनिन् ‘सबै विवरण मागिएको छ, त्यसको अध्ययन गरेर उक्त रकम तथा अन्य गैर कानुनी काम भएको भएमा परियोजनालाई जिम्मेवार बनाइन्छ ।’

    नदीमा पानी नभएपछि अलिअलि बगेको पानी मुनि भएपछि कुनैपनि कुलोबाट सिंचाई गर्न नसकिने भयो ।’ करिब पाँच किलोमिटर दुरीमा पानी नरहेपछि किसानहरुको जमिन मरुभूमि बनेको उनले बताए ।

    लिखु नदीमा पानी नभएपछि लिखु गाउँपालिकाको केन्द्र यसममा प्रयोग गर्दै आएको लिखु ४ र ५ मा उत्पादित माइक्रोहाइड्रो समेत बन्द भएको छ । माइक्रोहाइड्रो बन्द भएपछि कार्यालयको काम काज एक सातादेखि ठप्प भएको छ । योजना सम्झौता हुन सकेको छैन । भुक्तानी रोकिएका छन् ।

    यदि जलविद्युत आयोजनाले नियम अनुसारको पानी नछोड्ने हो भने स्थानीय आन्दोलन गर्ने गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले बताइन् । उनले आयोजना कार्यालयमै गएर कर्पोरेट सोसियल रेस्पोन्ससिविलिटी अन्र्तगतको बजेट कस्ले, कहाँ, कसरी खर्च भएको छ भनेर विवरण मागेको बताइन् ।

    त्यस्तो कोषको रकम दलका नेता तथा अगुवाहरुले लिएको गुनासो छ । उपाध्यक्ष थापाले भनिन् ‘सबै विवरण मागिएको छ, त्यसको अध्ययन गरेर उक्त रकम तथा अन्य गैर कानुनी काम भएको भएमा परियोजनालाई जिम्मेवार बनाइन्छ ।’

    गाउँपालिका अध्यक्ष अशोक कार्की पनि यसबारे चासो लिएको बताउँछन् । उनका अनुसार लिखुमा कमिला वारपार गर्नेगरि पानी सुकेको छ । गाउँपालिका अध्यक्ष कार्कीले भने, ‘माइक्रोहाइड्रो चल्ने पानी छैन । केन्द्रिय विद्युत जोड्न पहल गरिरहेका छौँ । त्यो अझै १५ दिन जति लाग्ला जस्तो छ । त्यतिन्जेललाई पालिकामा समस्या भयो ।’

    तल्लो लिखु जलविद्युत आयोजनाका संचालक कम्पनी स्वेत गंगा हाइड्रोपावर कम्पनीले भने आरोप अस्वीकार गरेको छ । कम्पनीको वातावरण विभाग प्रमूख रविन्द्र तिमल्सिनाले १० प्रतिशत पानी छोडिरहेको बताए ।

    ‘हामीले जति छोड्नुपर्ने पानी छोडेकै छौँ । सबै कुलोहरुबाट पानी सिंचाईका लागि पुगिरहेको छ ।’ उनले भने, ‘केही व्यवस्थापनका कामहरु गर्न बाँकी रहेको अवश्य हो । तर हामीले पानी सुकाएका छैनौँ ।’

     

    प्रतिक्रिया दिनुहोस