२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

चिशंखुगढी दाेस्राे ‘अध्यक्षकप’ फागुन १ देखि

  • २०७९ पौष १९, मंगलबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- चिशंखुगढी गाउपालिकाले अन्तरपालिका स्तरीय दोस्रो खुला पुरुष भलिवल प्रतियाेगिता आयोजना गर्दैछ । ‘अध्यक्ष कप’ नामाकरण गरिएको सो प्रतियोगिता फागुन १ गतेबाट शुरु हुनेछ ।

    २०७६ सालबाट शुरु भएकाे अध्यक्षकप काेराेना संक्रमणका कारण राेकिएकाे थियाे । अध्यक्षकप काे दाेस्राे संस्करण फागुन १ बाट शुरु हुने गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए ।

    चिशंखुगढी गाउँपालिकाको आयोजनामा हुने साे प्रतियाेगितामा देशभरका स्थानीय तहका टिम सहभागी हुन पाउने तथा विभागीय टिम भने सहभागी हुन नपाउने बताइएकाे छ ।

    प्रतियोगिताका विजेताले १ लाख ५५ हजार ५ सय ५५,  उप विजेताले १ लाख ११ हजार १ सय ११  र तेस्राे स्थान हासिल गर्ने टिमले ७७ हजार ७ सय ७७  नगर पुरस्कार पाउने छन् । त्यस्तै सान्त्वना पुरस्कार ३३ हजार ३ सय ३३ तथा  शिल्ड, मेडल र प्रमाणपत्र रहेकाे छ ।

    उत्कृष्ट खेलाडीहरूले नगद ५ हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन् । खेल चिशंखुगढी स्थित खानीभञ्ज्याङ्ग खेल मैदानमा हुनेछ । भलिवल संघकाे नियमानुसार खेल हुने आयोजकले जनाएको छ । अध्यक्ष कपकै अवसरमा पालिका भित्रका रहेक राष्ट्रिय खेलाड़ीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत राखिएको गाउँपालिकाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस