२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

जलदेवी समाजसेवीको जन्तरखानीमा बृहत कार्यक्रम

  • २०७९ फागुन १८, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा– जलदेवी समाजसेवी युवा क्लबले स्थापना दिवस र रजत जयन्तीको अवसर पारेर बृहत खेलकुद, स्वास्थ्य शिविर, सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । यही फागुनको २५ गतेदेखि २८ गतेसम्म चारदिन बृहत रुपमा कार्यक्रम गर्न लागेको हो ।

    पुरुष खुल्ला भलिबल प्रतियोगिता, १० किलोमिटर जन्तरधाप म्याराथन, दन्त शिविर, जन्तरधाप पिके पैदल यात्रा ट्रेक, जन्तरखानी टेलिफोन डायरी प्रकाशन र सांस्कृतिक कार्यक्रम गरिने जलदेवी समाजसेवी युवा क्लबका अध्यक्ष मानबहादुर विश्वकर्माले बताए ।

    भलिबल तर्फ प्रथम पुरस्कार ५० हजार, ३० हजार, २० हजार र १० हजार राशी पुरस्कार राखिएको छ । त्यसैगरि १० किमि म्याराथनमा क्रमश १५ हजार १० हजार र सात हजार पुरस्कार राशी राखिएको आयोजकले जनाएको छ । ठाडे, जन्तरधाप क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा प्रचार गर्नका लागि पनि यस कार्यक्रम महत्वपूर्ण हुने आयोजकले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस