२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
चिशंखुगढीकाे दियालेमा सवारी दुर्घटना !

घटनास्थलमै २ जनाकाे ज्यान गयाे, घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं पठाइयो

  • २०७९ फागुन २१, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- चिशंखुगढी गाउँपालिका वडा ३ स्थित दियालेमा भएको दुर्घटनामा मृत्यु भएकाे छ ।  दियालेका ५२ वर्षीय मिनबहादुर श्रेष्ठ र ७० वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो। दुर्घटनामा  १२ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जना गम्भीर छन्।

    घाइते ४ जनालाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ। २५ वर्षीय चालक सुमन कार्की,चिशंखुगढी ३ का ४० वर्षीय केन्द्र बहादुर कार्की र सोही ठाउँकी २६ की सर्मिला श्रेष्ठ,चिशंखुगढी गाउँपालिका १ का खेम बहादुर खत्रीलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको हो । उनीहरूको अनुहार तथा टाउकोमा गम्भीर चोट लागेको छ ।

    यस्तै गम्भीर घाइते चिशंखुगढि गाउँपालिका- २ का तिलकुमारी श्रेष्ठलगायतलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएकाे छ ।उनीहरुकाे शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएस्पी दिपक केशीले जानकारी दिए । अन्य २ जना ेघाइतेलाई मिसन अस्पताल ओखलढुंगा लगिएको छ।

    प्रतिक्रिया दिनुहोस