२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

पुल बनाउन दबाब दिँदै तीन घण्टा चक्काजाम

  • २०७९ चैत्र ३, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा– मध्यपहाडी राजमार्गमा पर्ने सिन्धुलीको फिक्कल गाउँपालिका वडा नंं ६ स्थित सोखु खोलाको पक्की पुल छिटो निर्माण गर्न दबाब दिँदै स्थानीयले चक्काजाम गरेका छन् । उनीहरुले शुक्रबार बिहान ८ बजेदेखि ११ बजे सम्म तीन घण्टा चक्का जाम गरेका हुन् ।

    सोखु खोलामा पक्की पुलको ठेक्का लागेको दब वर्ष बित्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन । पुल बनाउने ठेक्का शुरुमा पप्पु कन्सट्रक्सनले पाएको थियो । पप्पुले निर्माण अलपत्र पारेपछि ठेक्का तोडेर लोहनी आत्रेय जेभी कम्पनीलाई ठेक्का सम्झौता गरेको थियो ।

    तर लोहनी आत्रेय जेभीले समेत ठेक्का लिएको तीनवर्ष बित्न लाग्दा समेत काम सम्पन्न नगरेपछि स्थानीयले दबाब स्वरुप तीनघण्टा चक्का जाम गरेको स्थानीय माधव पौडेलले बताए । तत्काल काम शुरुवात नगर्ने हो भने यो वर्षामा पनि खोलाबाटै सवारी र यात्रुले जोखिम मोलेर यात्रा गर्नुपर्ने उनले बताए ।

    मध्यपहाडी राजमार्गमा पर्ने यो सडकबाट हाल सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर र उदयपुरका माथ्लो भेगका यात्रुहरु राजधानी आवतजावत गर्छन् । यदि सम्बन्धित निकायले ठेकेदारलाई तत्काल काम गर्न नलगाएमा प्रत्येक दिन एक घण्टाको दरले चक्का जामको समय बढाउने स्थानीयले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस