२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

ओखलढुंगा तीन जिल्लाको शैक्षिक केन्द्र बन्छः मुख्यमन्त्री कार्की

  • २०७९ चैत्र ६, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ओखलढुंगालाई सगरमाथाका पहाडी जिल्लाको शैक्षिक केन्द्र बनाइने बताएका छन् । उनले सिद्धिचरण नगरपालिकामा मनमोहन तालिम केन्द्र भवनको शिलान्याश गर्दै मुख्यमन्त्री कार्कीले पहाडका तीन जिल्लाका विद्यार्थीले सीप सिक्ने केन्द्र ओखलढुंगा हुने बताएका हुन् ।

    शिलान्याशपछि कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘यो तालिम केन्द्रमा सोलु र खोटाङका विद्यार्थीहरु पनि आएर सिक्न, पढ्न सक्छन्, तीन जिल्लाको शैक्षिक केन्द्र बन्न सक्छ ।’ मुख्यमन्त्री कार्कीले तालिम केन्द्रको भवन चाँडो निर्माण सक्न पनि निर्देशन दिए ।

    तालिम केन्द्रका लागि ७ करोड बराबरको डिपीआर निर्माण भ इगत वर्षबाट बजेट समेत विनियोजन भएको थियो । गत वर्ष स्थानीय सरकारले चासो नदिएपछि बजेट खर्च हुन सकेन । यस वर्ष ५० लाख बजेट रहेको छ ।

    यो आयोजनालाई बहुवर्षीय योजनाको रुपमा प्रदेश सरकारले स्वीकृति दिए ठेक्का लगाएर काम थाल्न सहज हुने शहरी विकास तथा भवन कार्यालयका प्रमुख अनुज श्रेष्ठ बताउँछन् । यस अघि प्रदेश सरकारले मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक क्याम्पस स्थापना गर्न ओखलढुंगामा जग्गा समेत खरिद गरिसकेको थियो ।

    सरकार परिर्वतन भएपछि रोकिएको काम अब सुचारु हुने अपेक्षा गरिएको छ । जिल्लामा आंगिक क्याम्पस स्थापनाका लागि आवश्यक पूर्वाधारको तय गर्ने काम पूर्व मन्त्री अम्बीरबाबु गुरुङले थालेका थिए । उनको कार्यकालपछि थप पहल हुन सकेको छैन । मुख्यमन्त्री कार्की अहिले उनकै पहलमा जिल्लाका विभिन्न योजना शिलान्याश तथा अनुगमनका लागि २ दिनदेखि ओखलढुंगामा छन् ।

    प्रतिक्रिया दिनुहोस