२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

कालिकास्थान पार्कमा महुलीको वृक्षारोपण र सरसफाई

  • २०८० जेष्ठ ३०, मंगलबार मा प्रकाशित १0 महिना अघि
  • ओखलढुंगा– महुली लघुवित्त वित्तिय संस्थाले सिद्धिचरण नगरपालिका ११ कालिकास्थान पार्कमा वृक्षारोपणको साथै सरसफाई गरेको छ । मंगलबार महुली लघुवित्तको आयोजनामा लघुवित्तका कर्मचारी, नेपाल प्रहरी र स्थानीयको संलग्नतामा वृक्षारोपण गरेका हुन् ।


    वृक्षारोपण अन्तर्गत विभिन्न प्रजातिको फूलको बिरुवा वृक्षारोपण गरिएको महुली लघुवित्तका ओखलढुंगा शाखा प्रबन्धक निर्मलसिं राईले बताए । कार्यक्रममा नेपाल प्रहरीले समेत समुदाय प्रहरी साझेदारी कार्यक्रम संचालन गरेका थिए । महुली लघुवित्तले गतवर्ष पनि कालिकास्थान पार्कमा वृक्षारोपण गर्नुको साथै ११ वटा डस्टबिन राखेको थियो ।


    संस्थाले वार्षिक रुपमा समुदायमा गर्ने कार्यक्रम अन्तर्गत आयोजना गरिएको संस्थाले जनाएको छ । संस्थाले आफ्नो समूहको केन्द्र नं. १५२ को सप्नावति महिला विकास केन्द्रका सदस्य जयन्तीतारा राईलाई नगद सहित सम्मान समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस