२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

लिखुमा ‘उपाध्यक्ष सहायता कक्ष’ र ‘टोल फ्रि’

  • २०८० अषाढ १४, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- लिखु गाउँपालिकामा उपाध्यक्ष सहायता कक्षमा टोल फ्रि नम्बर राखिएकाे छ । हिंसा पीडित तथा अन्य नागरिकहरुलाई दिईने न्यायीक सेवा सहज बनाउन उपाध्यक्ष सहायता कक्षमा टोल फ्रि नम्बर राखिएकाे हाे ।

    लैङ्गिक हिंसामा परेका तथा गाउँपालिकाबाट सम्बोधन हुन सक्ने खालका कुनै पनि गुनासो, उजुरीलाई सम्बोधन गर्न कक्षको स्थापना गरिएको लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापाले जानकारी दिइन् । उपाध्यक्ष थापाका अनुसार यस सहायता कक्षमा रहेको टोल फ्रि नम्बरले गाउँपालिका भित्रको न्याय सम्पादन सम्बन्धिको सेवा प्रवाहमा सहज हुने वअपेक्षा छ ।

    उपाध्यक्ष थापाले भनिन्, ‘न्याय सम्पादनलाई व्यवस्थित गर्दै सेवा प्रवाहलाई सहज बनाउन  उपाध्यक्ष सहायता कक्ष टोल फ्रि नम्बरको व्यवस्था गरिएको हो । चालु आर्थिक वर्षमा सञ्चालन गर्ने भनिएको थुप्रै रचनात्मक कार्यक्रमहरु  बजेट अभावका कारण सम्बोधन, सञ्चालन गर्न सकिएन । त्यसबारेमा नागरिहरुको गुनासो पनि छ । नागरिकहरुलाई प्रदान गर्नुपर्ने न्याय सम्पादनको काममा सहजता ल्याउन र नागरिकहरुसँग निरन्तर सम्वादका लागि यो सञ्चालनमा ल्याइएको हो ।’

    उपाध्यक्ष सहायत कक्षमा रहेको टोल फ्रि नम्बर १८१०५०००००७ मा कल गर्दा पैसा तिर्नु पर्दैन । यसमा फोन गरेर लिखु गाउँपालिकाका नागरिकहरुले आर्थिक वर्ष २०८०/८१ का लागि भएको नीति तथा कार्यक्रम, न्याय सँग सम्बन्धित उजुरी, सुझाब, गाउँपालिकाको विकासका लागि गर्नुपर्ने कदमकहरुको बारेमा रचनात्मक सुझावहर समेत टोल फ्रि नम्बरमा फोन गरेर राख्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस