२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

दुधकाेसी हाइड्राे: सराेकार समिति र आयाेजना प्रमुखबीच छलफल

  • २०८० श्रावण २१, आईतबार मा प्रकाशित ८ महिना अघि
  • काठमाण्डाै- बहुप्रतिक्षित जलासययुक्त जलविद्युत आयाेजना प्रभावित क्षेत्रका सराेकारवाला र आयाेजना प्रमुखबीच छलफल भएकाे छ । आयाेजनकाे कार्यालय त्रिपुरेश्वरमा समितिका पदाधिकारीहरु र आयाेजना प्रमुखबीच छलफल भएकाे हाे ।

    आयाेजना प्रमुख विमल गुरुङ र सराेकार तथा सहयाेग समितिका पदाधिकारीहरुबीच आयाेजनाकाे मुआब्जा वितरण र त्यसमा देखिएका समस्याका बारेमा छलफल भएकाे समितिका अध्यक्ष रमेश पाैडेलले जानकारी दिए ।

    अध्यक्ष पाैडेलसहित उपाध्यक्षहरु राजकुमार ढु‌गाना राजन दाहाल, सचिव पर्शुराम श्रेष्ठ लगायतका पदािधकारीहरुले आयाेजना प्रमुखलाई मुआब्जा वितरण कार्य अघि बढाउन ध्यानाकर्षण गराएका छन् । प्रमुख गुरुङले आयाेजना अघि बढाउन आफु संवेदनशील रहेकाे भन्दै बजेट अभाव मूख्य चुनाैति रहेकाे बताए ।

    उनले बजेटकाे आकार नै घटेर आएकाले चुनाैति रहेकाे बताए । बजेट व्यवस्थापनका लागि सा‌ंसद  र सराेकार तथा सहयाेग समितिका पदाधिकारीहरुले थप पहल गर्नु पर्ने औंल्याए । सबैसँग मिलेर याे परियाेजना अघि बढाउने साेचका साथ अघि बढेकाे गुरुङकाे भनाइ छ  ।

    सराेकार समितिले जग्गा राेक्का राखेर एक वर्षपहिले देखि काराेबार राेकिए पनि मुआब्जा नदिएकाे भन्दै यसबारेमा आयाेजना स‌ंवेदनशील हुनु पर्ने बताएकाे छ । समितिका अध्यक्ष पाैडेल, उपाध्यक्ष ढुंगाना तथा दाहालले प्रभावति क्षेत्रका बासिन्दाकाे अधिकार प्रति संवेदनशील भएर आयाेजना अघि बढ्नु पर्ने र आयाेजनालाई सबैले सहयाेग गरेर सफल बनाउने बताएका थिए ।

    याे आयाेजनामा प्राधिकरणमै दक्ष, अनुभवी र क्षमतावान् मानिएका गुरुङ आएपछि तीव्र रुपमा अघि बढ्ने अपेक्षा गरिएकाे छ । विगतमा आयाेजनाकाे काम सुस्त थियाे । आयाेजनाकाे प्रभाव र यसकाे स्राेतका बारेमा आफु संवेदनशील भएर अध्ययन गरिरहेकाे  र केही प्राविधिक कुराहरु दातृ निकायले प्रश्न राखेकाले त्यसबार निरुपण गरेर काम अघि बढाउने बताए । सरकारले पनि साे आयाेजनालाई प्रयाप्त बजेट ब्यवस्थापन गर्नु पर्ने गुरुङकाे भनाइ छ ।

    याे आयाेजना निर्माणका लागि एसियाली विकास बैंक र नेपाल सरकारले सहकार्य गरेका छन् । यसकाे क्षमता ६३५ मेघावाट रहेकाे छ । आयाेजनाकाे जलासय ओखलढुंगा र खाेटाङकाे बीच रभूवाघाटमा बाँध बाँधेर १३.५ किलाेमिटर सुरुङ मार्ग हुँदै खाेटाङमा पावर हाउस निर्माण गर्ने तयारी छ ।

    सराेकार समितिले आयाेजना प्रमुखलाई स्वागत गर्दै सफलताकाे शुभकामना दिएका छन ् ।

    प्रतिक्रिया दिनुहोस