२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

तस्करीमा लाग्ने सरकार हटाउनु पर्छ: अध्यक्ष ओली

  • २०८० आश्विन ७, आईतबार मा प्रकाशित ७ महिना अघि
  • ओखलढु‌गा:  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार जनताका काम छाडेर सुन  तस्करीमा लिप्त भएकाे बताएका छन् । ओखलढुंगाकाे रामपुरमा  स्वर्गीय मदन  भण्डारीकाे  शालिक शीलान्याश तथा गुरु लुईटेल स्मृति पार्ककाे उद्घाटन गर्दै ओलिले यस्ताे आराेप लगाएका हुन् ।

    संसद चलाउन, कानुन बनाउन छाडेर सरकार तस्करीमा लागेकाे उनकाे आराेप छ ।  ‘यति नालायक सरकार पनि राख्ने हो ? यसलाई जसरी भए पनि हटाइहाल्नु पर्छ’ ओलीले भने, ‘ यो सरकारले जनता हेर्दैन । जता पनि सुन मात्रै हेर्छ । ब्रेक-सु ल्याउँछ सुन, सिगरेट ल्याउँछ सुन, स्याउ ल्याउँछ सुन, पानी तान्ने मोटर ल्याउँछ सुन ।’ उनले सरकारलाई सुन तस्करी देख्यौ ? भनेर सोध्दा अर्कोतिर फर्किएर अहं देखिनँ भन्ने गरेको बताए ।

    अहिले कांग्रेस पार्टी विचरा अवस्थामा पुगेको ओलीको टिप्पणी थियो । ‘कांग्रेस त के पार्टी छ भन्नु र ?,’ ओलीले भने, लुरुलुरु प्रचण्डको पछिपछि हिँड्नै भ्याइराको छैन ।’

    उनले सुन तस्करी छानविन गर्न माग गर्दा एमालेमाथि संसद चल्न नदिएकाे आराेप लगाएकाे भन्दै आक्राेश पाेखे । अध्यक्ष ओलीले अहिले किन संसद चलेन ? कि प्रधानमन्त्री जता गयाे संसद उतै छ ? अहिले सरकारले संसद चल्न नदिएकाे  बताए ।

    गुरु लुईटेल अध्ययन तथा विकास प्रतिष्ठानले आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन, पार्क उद्घाटन तथा शालीक शिलान्याशमा ओेलि अपराह्न हेलिकप्टरबाट रामपुर आएका थिए ।

    प्रतिक्रिया दिनुहोस