२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

लैगिंक विभेद, हिंसा रोकथाम प्रतिकार्य सम्बन्धी समन्वय वैठक

  • २०८० आश्विन ९, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • ओखलढुंगा- युएनएफपिएको आर्थिक सहयोगमा भिएसओ र कोकनको आयोजनामा रोकथामतर्फ भएका गतिविधिहरुको समिक्षा तथा दिगोपनाका लागि समन्वय वैठक सम्पन्न भएको छ । परियोजना संचालित चिसंखुगढी, मानेभञ्ज्याङ्ग, मोलुङ्ग गाउँपालिका र सिद्धिचरण नगरपालिकामा कार्यक्रम संचालन गरिएको थियो ।

    पालिकामा कोकनको तर्फबाट रोकथामतर्फ भएका गतिविधिहहरुको समिक्षा गरिएको थियो । जसमा श्रीमान श्रीमतीका लागी जोडी सत्र, विद्यालयस्तरमा रुपान्तरण सत्र, समुदायस्तरमा सामुदायीक सस्थाहरुसंग छलफल कार्यक्रम, परिवारिक सम्वाद कार्यक्रम, धामी झाक्रीका लागी कार्यक्रम तथा जोडी, किशोर किशोरी, परिवारिक सम्वाद जस्ता कार्यक्रममा सहभागी भएकाहरुका लागी पुर्नतागजीसत्र संचालन गरिएको कुरा जानकारी भएको थियो ।

    परियोजनामार्फत हाल संचालन भईरहेका कार्यक्रमहरुलाई कसरी संस्थागत गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । मोलुङ गाउँपालिकामा स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई जोडी सत्र संचालन गर्न प्रशिक्षक प्रशिक्षणको व्यवस्था भएको खण्डमा भविष्यमा समुदायमा जोडी सत्र कार्यक्रम संचालन गर्न सकिने पालिका प्रमुख उत्तम राईले बताएका छन् ।
    मानेभञ्ज्याङ गाउँपालिकामा भएकै कार्यक्रमहरुलाई कार्यपालिकाको वैठकमा कसरी रुपान्तरण पद्धतिमा लैजाने भन्ने विषयमा छलफल भएको छ ।

    रुपान्तरण सत्र संचालन भएका विद्यालय र नभएका विद्यालयका विद्यार्थीहरुविच प्रभावकारिता विश्लेषण गरी बाँकी विद्यालयमा आगामी वर्षबाट कार्यक्रम लैजान सकिने प्रमुख प्रशासकिय अधिकृत छविलाल राईले बताए । सिद्धिचरण नगरपालिकामा जोडी सत्रमा सहभागी भएका जोडिहरुलाई पुनर्ताजगी तालिम दिएर वडाभरि परिचालन गराउनु सुझाव आएको छ । आगामी वजेटमा कसरी यी विषय समावेश गर्ने भनेर छलपल हुने नगर उप प्रमुख केदारवावु वस्नेतको भनाइ छ ।

    चिसंखुगढी गाउँपालिकामा स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई जोडी तालिम सम्वन्धी प्रशिक्षक प्रतिक्षण तालिम माग गर्ने र जोडी तालिम वडा स्तरवाटै संचालन गराउने विषयमा छलफल भएको थयो ।रुपान्तरण सत्र भने पालिकाकै वजेटवाट सरस्वती मा वि खानिभञ्ज्याङमा संचालन भइरहेको छ ।

    तत्कालै माम्खा माविमा पनि संचालन गर्ने तयारी रहेको उपाध्याक्ष सन्तोष वावु थापाले जानकारी दिए । परियोजनाको अवधीलाई थप गर्नका लागि पालिकाको तर्फवाट आवश्यक पहल गर्ने पनि थापाको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस