२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

६८ ‍‍‌‍औं प्रहरी दिवश: सम्मान र पुरस्कार वितरण

  • २०८० आश्विन ३०, मंगलबार मा प्रकाशित ६ महिना अघि
  • ओखलढुंगा- जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले ६८ औँ प्रहरी दिवसका अवसरमा अमर प्रहरीका परिवारलाई सम्मान तथा विभिन्न विधाकाे प्रतियाेगितामा विजेताहरुलाई  पुरस्कृत गरेकाे छ ।  प्रहरीले  दिवसको अवसरमा  भलिबल प्रतियोगिता, ५ कि.मी. दौड, ब्याडमिटन प्रतियोगिता,  वृक्षारोपण, सरसफाइलगायत जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेकाे थियो ।

    ती प्रतियाेगितामा विजयीहरुलाई पनि दिवसका अवसरमा पुरस्कार वितरण गरियाे । साथै उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न तहका प्रहरी कर्मचारीहरु पनि पुरस्कृत भएका छन् । प्रहरी हराएका ६ थान माेवाइल खाेजतलास गरि माेवाइल धनीलाई हस्तान्तरण समेत गरेकाे छ ।

    दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जिल्लामा शान्ति सुरक्षा, सुशासन र अमनचयन कायम राख्न प्रहरीको भूमिका महत्वपूर्ण रहेकोले स्मरण गर्दै आगामी दिनमा थप प्रभावकारी कार्य सम्पादनमा जुट्न आग्रह गरे ।

    अमर प्रहरी स्मारकमा पुष्प गुच्चा अर्पण गरि श्रद्धाञ्जली व्यक्त गरिदै ।

    पछिल्लो समय सवारी भाडादरबारे गुनासो बढीरहेकोले यसबारे प्रभावकारी अनुमगन गरि सरकारले तोकेभन्दा बढी भाडा लिएको पाइएमा तत्काल कारबाही गर्ने पनि उनले बताए ।

    कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक दिपक बहादुर कसीले प्रहरी दिवसलाई कर्तव्य पालनाको क्रममा ज्यान गुमाएका सहिदहरुको सम्मान र सम्झना गर्ने दिनको रुपमा लिइने गरिएको बताएका छन् ।
    प्रहरीको एक्लो प्रयासले मात्र समुदायमा अपराध नियन्त्रण, सुशासन र शान्ति सुरक्षा कायम राख्न नसकिने भएकाले सबैको सहयोग महत्वपूर्ण हुने केशीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस